Logo

बाम एकतादेखी संसद बि’घठनसम्मको दृष्टान्त


काठमाण्डौ- अहिले केपि ओली सरकारले संसद भं’ङ्ग गरि मध्यवधी निर्बाचनको घोषणा गरे संगै नेपालको राजनीतिमा एकाएक तरलता आएको छ । उक्त संसद बि’घठन भए संगै अब नेपालको राजनीति कतातिर जाला ? यस्को निकास के हुन सक्ला भन्ने एउटा महत्वपूर्ण प्रश्न अहिले हाम्रो सामु खडा छ। जसले नेपालको स्थाई शान्ती, नेपालको सार्बभौमसत्ता, भौगोलिक अखण्डता अनि आम नेपालीहरुको चाहाना अनुसारको बिकास, समृद्धि साथै नेपाली जनताले बर्षौंदेखि लडेर हाँसिल गरेको राजनीतिक उपलब्दीहरुलाई नयाँ संविधानको कार्यनयन संसंगै संस्थागत गर्दै गरेको अवस्थामा यी सबै सबै कुराहरु माथी अहिले कालो बादल मडारी रहेको छ।

यत्तिबेला सत्तारुढ दल भित्रकै शक्ति सं’घर्षका कारण एउटा गुठले निर्बाचित संसद भं’ग गरेर दलाल संसदिय ब्याबस्थाको कुरुप अनि ना’ङ्गो स्वरुप देखाउँदै सत्ताको चरम दुरुपयोग गर्दै सरकारमा बसिरहेको छ। भने अर्को गुठले उक्त कार्यलाई अ’संबैधानिक “कु” भनेर सडक सं’घर्षको बाटो रोजेर सडकमा छ। यिनीहरुले एक अर्कालाई गाली गलोज गरेको देख्दा र एक अर्कामा कटाक्ष गरेको सुन्दा लाग्छ यत्ती बेला यिनिहरु एक अर्का दुनियाँको सबै भन्दा ठूलो दुश्मन हुन। यिनिहरुको राजनीतिक पृष्ठभुमि मिल्दैन, नीति मिल्दैन, दर्शन, सिद्धान्त र कार्यक्रम केहिपनी मिल्दैन। मानौं यिनिहरु दिन र रात जस्तै हुन। तर अचम्मको कुरो के छ भने यत्ती हुँदापनी यिनिहरुले अहिले सम्म पनि पार्टी फुटेको घोषणा गरेका छैनन । फेरि आफु संस्थापन भएको दाबी पनि गरिरहेका छन। र अर्को उल्का कुरो त के छ भने संधै त्यस भित्र घुर्काएर, ध’म्काएर सत्ताको माड खान पल्केका एउटा अवसरबादी गु’ठले एकताको पहल गरिरहेको समचारहरु सुनिन थालिएको छ।

यी माथिका बिषयबस्तु, घटना परिघटनाहरु नै अहिलेको समग्र राजनीतिक अन्योलताको जड हुन। जस्ले यसबेला समग्र नेपाली राजनीतिलाई एक किसिमको अन्योल ग्रस्त परिस्थितिमा जबरजस्ती धकेली दिएको छ। भने प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले पनि यत्तिबेला यो परिस्थितिको बारेमा कुनै बिकल्प दिन नसकी आफ्नै पार्टि भित्रको आन्तरिक बिबादको गोल चक्कर भन्दा बाहिर निस्किनु सकिरहेको छैन।

यी समग्र घटना र परिघटना लाई कसरी र कहाँ निरबाट हेर्ने ? भन्ने प्रश्नको बिन्दु खोज्दै जाँदा यी दुईवटा पार्टिको एकता र एकता अगाडिको आ-आफ्नो राजनीतिक पृष्ठभुमिसम्म पुग्नै पर्दछ। जहाँ पुग्दा एउटा शक्ति अलगधारको आन्दोलन बिचारधारा, जनजिबिका र जनताको मुक्तिको निमित्त भनेर जनयु’द्धको बाटो समातेर आयो। जस्ले ठुलै राजनीतिक उथलपुथल ल्यायो। र सामन्तबादी ब्याबस्थालाई फाल्ने र नयाँ राजनीतिक ब्याबस्थाको जग हाल्ने मुख्य भुमिका खेल्यो। वास्तबमा यो शक्ति नै अहिलेको नयाँ गणतान्त्रिक राजनीतिक प्रणालिको संस्थापक शक्ति थियो। भने यता एमाले पृष्ठभुमिबाट आएकाहरु प्रष्ट रुपमा भन्नू पर्दा यथास्थितिमै अल्झिन चाहान्थे। जसले दलाल संसदिय ब्याबस्थाको बिकल्प त होईन राजतन्त्र फाल्ने कुरा पनि उनीहरुको लागि धेरै परको कुरो थियो।

यो परिबर्तनकारी आ’न्दोलनको नेतृत्व गर्ने पार्टी नेकपा माओबादी पार्टीको नेतृत्व महान दस बर्षे महान जनयु’द्धको सर्बोच्च कमाण्डर अनि यो गणतान्त्रीक राजनीतिक प्रणालिको संस्थापक नेताको हैंसियतबाट हेर्ने हो भने यसमा स्वयम प्रचण्ड अझ बढी जिम्मेवार छन।

जो नेकपा एमाले भन्ने पार्टी मदन भण्डारीको मृ’त्यु संगै कम्युनिष्ट आचरण, नीति, पद्धति, सिद्धान्त र दर्शनबाट च्युत भएर पुर्ब बामपंथीको लेपन लगाएको बर्ग समन्वयकारी शक्ति तथा कम्युनिष्ट ड्रेडको व्यापार गर्ने मध्यम बर्गिय व्यापारी र अबिजात बर्गहरुको प्रतिनिधिको हैंसियत भन्दा अरु केही पनि थिएन। यी दुई अलग अलग राजनीतिक पृष्ठभुमि, राजनीतिक बिचार र अलग दृष्टिकोण र ब्याबहार बोकेका पार्टीहरु बिचको एकता नै पहिले त गलत थियो। बैचारिक, दार्शनिक र कार्यक्रमको कम्जोर धरातल, अमिल्दो र अप्राकृतिक कथित कम्युनिष्ट एकता नै अहिलेको सं’कटग्रस्त राजनीतिक परिस्थितिको मुख्य कडि हो।

जुन एकताले १) कम्युनिष्ट पार्टिलाई बलियो बनाउने भन्ने थियो जसले कम्युनिष्टहरुलाई रसातलमा पुर्‍यायो। २) यो परिबर्तित नयाँ राजनीतिक प्रणालिको सम्बाहक शक्तिलाई संस्थापन शक्तिबाट च्यु’त गरायो। ३) यो नयाँ गणतान्त्रिक संविधान माथी सं’कट पैदा भयो। र, प्रतिगामी तथा एकात्मक नश्लिय पुरानो साँस्कृतिक प्रेत सत्तासंग मित लगायो। जसले नयाँ संविधानसंगै भर्खरै स्थापित नयाँ राजनीतिक प्रणालि र त्यसको परिबर्तित नयाँ सम्रचनागत अंगहरुको घाँटी निमोठि रहेको छ। ततपश्चात यो खड्ग ओलिको प्रतिगामी नश्लिय सर्बसत्ताबादको वि’रुद्धमा भन्दै कथित नेकपाको एउटा गुठ लगायत बुद्धिजीवी, नागरिक समाज र अन्य राजनितिक दलहरु समेत सडकमा ओर्लिएर बि’रोध जनाउँदै संसद पुनर्स्थापनाको माग गरिरहेका छन। यता सत्ताधारी गुठले भने आफ्नो सत्ता टिकाउने ठेक्का लिएका ठेगेदारको टेकोहरुलाई सेटिङ मिलाएर बालुवाटार छिराउँछ र अन्तर्बार्ताको नौटंकी मन्चन गर्छ। अनि त्यहिँ अन्तरबार्ता लिने पात्र सगरमाथाको चुचुरोमा पुग्छ। अनि कथित राष्ट्रबादी नेताको राष्ट्रबाद र सिङ्गो राष्ट्रको हुर्मत लिन्छ। नेपाल र नेपालीलाई ना’ङ्गेझार पार्छ। तर अझै उक्त नौटंकीलाई राष्ट्रबादी नामको उपमासंग जोडेर ताली पिट्ने अन्धभक्तहरुको कमि छैन। सडकमा गएकाहरु र सरकारमा भएकाहरुको समर्थनमा तालिपिट्ने अन्धभक्तहरुको संख्या र उनिहरुको पोजिसनलाई हेर्दा यो अरु केही समय लम्बिने संकेत पाउन सकिन्छ।

खड्ग ओलिको सरकार यत्तिबेला नयाँ जनादेशमा जाने भनेर अड्डि कसेर आफ्नो सत्ता टिकाउने ध्याउन्नमा छ। को’भिड म’हामारिले थलिएर अर्थतन्त्र टाट पल्टीएको अवस्थामा एउटा बिरामी उपचार गर्न नसक्ने सरकारले त्यत्रो खर्चिलो चुनाब गर्न कहाँबाट पैसा जुटाउँछ ? अनि पार्टी भित्रको बहुमत र अल्पमतलाई स्विकार गर्न नसक्ने सर्बसत्ताबादी मानसिकता बोकेको कम्जोर शासकले तोकिएको समयमा चुनाब गराउँछन भनेर पत्याउने आधार के छ ? र उसको लागि किन चुनाबको आवश्यकता पर्छ ? यदि चुनाब नै भए पनि नेपालको चुनाब नभएर बिदेशी शक्तिहरुको शक्ति समिकरणको आधारमा चुनाब हुने कुरा घटनाक्रमहरुले प्रष्ट पारिसकेको छ। त्यो चुनाबले बिदेशी ऋणको भारी बढाउने भन्दा नेपाल र नेपालिको लागि सकारात्मक परिणाम के ल्याउँछ ? यसो भन्दै गर्दा यो प्रश्न पनि उठन सक्छ उसो हो भने के अहिलेको केपि ओलिको सरकारको बिकल्प दाहाल-नेपाल, देउबा तथा संसद पुनर्स्थापना नै हो त ? यो सवालमा दाहाल-नेपाल तथा संसद पुनर्स्थापना नै अहिले ओलि सरकारको बिकल्प हुन सक्दैन। किन भने उनिहरुसंग अहिले देश र जनताको पक्षको नयाँ बैकल्पिक मु’द्दारु र आमूल परिबर्तनकारी मु’द्दाहरु छैनन।

यिनीहरु संग त सिर्फ आफ्नो स्वार्थ र कुण्ठले भरिएको मागहरु मात्र छन। किनभने अहिलेको उनिहरुको सडक आन्दोलन ओलिलाई सत्ताबाट मुन्ट्याएर तल झार्ने र उक्त ठाँउमा आफू जाने अथवा कुनै अमुक मान्छेको लागि सिट खाली गर्ने हो। यो समस्याको समाधान होईन बरु फेरि दोश्रो ओलिलाई दोहोर्‍याउनु मात्र हो। त्यसैले यो ओलिले निलेको संसद पुनर्स्थापना र दलाल संसदिय ब्याबस्था भित्रको यो मध्यवधी चुनाब राजनितिक स्थायित्व र जनताको लागि अंग्रेजी अंक नौ जस्तै हो। यता बाट हेर्दा नौ जस्तो देखिने उता बाट हेर्दा ६ जस्तै देखिने कुरा मात्र हो। माधब नेपाल प्रचण्डले पुनर्स्थापनाको कुरा गर्छन ओलिले चुनाबको कुरा गर्छन। वास्तबमा यो अलग अलग जस्तो लागे पनि देखिए पनि यी दुबै एउटै हुन। जसले दुबै वटा बाटोबाट ओलि लाई नै ल्याउँछ। नाम, कद, उमेर,गुठ, भुगोल, शैली र तौर तरिका फरक हुन सक्दछ। यो दलाल संसदिय ब्याबस्था बाट सत्ताको नेतृत्वमा ओलि र ओलि प्रवृत्ति नै ल्याउने हो। अनि तिनै पात्र आउने हुन। त्यसैले दाहाल नेपालको माग र आन्दोलनले सत्ता समिकरण र सत्ता परिबर्तनको बारेमा एउटा अर्थ बोक्ला तर देश, समाज र जनताको भबिष्यको बारेमा ओलिको चुनाब गराउने कुरो र दाहाल-नेपालको संसद पुनर्स्थापित गराउने कुरोमा त्यत्रो तात्विक भिन्नता छैन। मुख्य कुरो आमूल परिबर्तनको हो। त्यो दुबै पक्षसंग छैन। यिनिहरुको लँडाई त यो दलाल संसदिय ब्याबस्थाको हिमायती तथा मसिहा को हो ? कस्ले यसलाई बढी उपयोग गरेर यो देश लाई दोहन गर्ने ? भन्ने प्रतिस्पर्धा मात्र हो भन्ने बुझिन्छ। र यी दुबैको चरीत्र हेर्दा कम्युनिष्ट बिचारबाट च्युत भईसकेका नक्कली कम्युनिष्टहरु मात्रै हुन पनि भन्न सकिन्छ।

अत: अब अर्को प्रसंङ्ग तर्फ लागौं। यत्ती प्रसंङ्ग उठिसके पछि फेरि याहाँ ओलिको प्रतिगामी कदम कहिले बाट सुरु भयो ? उनी कुन बिन्दु बाट प्रतिगामी बाटो हिँड्न सुरु गरेका थिए ? भन्ने प्रश्न जबर्जस्त तारिकाले आउँछ। त्यसो हो भने अहिले प्रचण्ड-माधब नेपालले भन्ने गरेको जस्तो प्रतिगामी बाटो संसद बिघठन बाट सुरु भएको हो त ? त्यसो होईन। ओलि त सदाबाहार प्रतिगामी छँदै थिए। उनको बिगत र बर्तमानले त्यहिँ बताउँछ। तर प्रतिगामी बाटोमा त ओलि मात्र होईन सिङ्गो नेकपा भन्ने पार्टी नै प्रतिगमनको बाटोमा थियो। जुन दिन प्रचण्डले हचुवाको भरमा पार्टी एकता भन्दै सत्ताको उधारो अंश लिएर खड्ग ओलिलाई पार्टी जिम्मा लगाए, हो त्यहिँ बिन्दु देखि देखि खड्ग ओलि संङ्गै प्रचण्ड माधब-नेपाल पनि प्रतिगामी यात्रामा थिए। जसको नेतृत्व प्रतिगमनको मुख्य नाईके खड्ग ओलिले गरिरहेका थिए। हो, ठिक त्यहिँ दिन देखि यो गणतान्त्रिक राजनीतिक प्रणालिको सम्बाहक शक्ति माओबादी पार्टी त्यसको राजनीतिक तथा दार्शनिक लाईन मालेमाबादी बिधारधारा तथा त्यसको संस्थापक नेतृत्व प्रचण्डलाई समेत समाप्त पारेर त्यो प्रतिगमनकारी मिसन अगाडि बढाईएको थियो।

जसले २०१७ सालको “कु” पछि उक्त आ’न्दोलनको सम्बाहक शक्ति नेपाली काङ्रेस र उक्त बहुदलिय ब्याबस्थाको राजनीतिक प्रणालिको मुल नेतृत्व बिश्वेसर प्रशाद कोईराला र उनको मेलमिलापको नीतिलाई पाखा लगाएर राजा लगायत सुर्यबहादुर थापाहरु जस्ता पन्चेहरु नेपाली राजनीतिमा हाबी भएको एउटा सं’कट ग्रस्त प्रतिक्रा’न्तिकारी राजनीतिक परिस्थितिमा पुर्‍यायो। हो, त्यहिँ परिस्थिती निम्तिएको बिन्दुबाट अहिले नेपालको राजनीती गुज्रीरहेको छ। त्यसको जिम्मेवार खड्ग ओलि मात्र होईन। यो परिबर्तनकारी आ’न्दोलनको नेतृत्व गर्ने पार्टी नेकपा माओबादी पार्टीको नेतृत्व महान दस बर्षे महान जनयु’द्धको सर्बोच्च कमाण्डर अनि यो गणतान्त्रीक राजनीतिक प्रणालिको संस्थापक नेताको हैंसियतबाट हेर्ने हो भने यसमा स्वयम प्रचण्ड अझ बढी जिम्मेवार छन।

किनकी खड्ग ओलि प्रतिक्रा’न्तिकारिको नाभि भनेर घाम झैं छर्लङ्गै थाहा छ। जनतालाई हक अधिकार दिएर जिम्मेवार बनाउने, समाज र राष्ट्रलाई मज्बुद बनाउने अनि जनजिबिकामा आमूल परिबर्तन ल्याउने मुल नीति कारेक्रमहरु ल्याउन सक्ने जनपक्षीय संबिधान लेखेर जनतामा जनताद्वारा स्थापित गर्ने भनी जनताले बनाएको संविधान सभामा दसबर्षसम्म खड्ग ओलि प्रवृत्ति र उसको प्रतिक्रा’न्तिकारी जनबि’रोधी पार्टी एमालेसंग तल्लो बर्ग र समुदायको मु’द्दा बोकेको कम्युनिष्ट पार्टीले मुख्य लँडाई लडेर केही सीप नलागे पछि दस बर्ष बित्नै लाग्दा सहमतिको दस्ताबेज भन्दै स्पष्ट स्वरुप नभएको एक थान सम्बिधान ल्याएको बिर्सिनु हुन्छ ? हुँदाहुँदै आफ्नो सहयोद्दाहरुको कुरा सुन्दै नसुनी आफ्नो सहयोद्दाहरुलाई एक बनाएर अगाडि बढ्नु छोडेर खड्ग ओलिलाई पार्टी जिम्मा लाएर अहिलेको राजनीतिक प्रणालिको संस्थापक नेताको हैंसियतबाट आफ्नै हैंसियत घटाउन खड्ग ओलिको सामु किन प्रचण्ड तयार भए ? तिनै ओलिसंग दस बर्ष संविधान सभामा लँ’डाई गरेर प्राप्त जनताको राजनीतिक उपलब्दिहरुको रक्षा गर्दै जनतासंग संगै उभिनुको सट्टा जनबि’रोधी ओलिसंग लहसिएर किन प्रचण्डले यो परिबर्तित नयाँ राजनीतिक प्रणालिको संस्थापक नेता हुनुको नैतिक हैंसियत गुमाए ? अन्जानमा ? कि बिदेशी शक्तिको दवाबमा ? वा अरु कुनै ? प्रचण्डले यी प्रश्नहरुको जवाफ दिनु पर्दैन ? अहिले आएर प्रचण्डले भनेजसरी नमानेर खड्ग ओलि बेठिक प्रचण्ड नेपाल ठिक हुन भन्न मिल्छ ? खड्ग ओलिलाई प्रचण्डले नेता मानेका होईनन ? अनि खड्ग ओलिलाई महसुर बनाउने प्रचण्ड चाहिँ अस्सल ओलि चैं कसरी खराब हुनसक्छ ?

खड्ग ओलिलाई आफै “कु” गर्ने हैसियतमा पुर्‍याउने, सर्बशक्तिमान बनाउने अनि “कु” गरिसके पछि उनले आह्वान गरेको संसद पुनर्स्थापनाको आ’न्दोलनमा गई दिनु पर्ने ? उनले मानेको नेताले चुनाबको तिथिमिती तोकेकै छन चुनाबमा गए हुँदैन र ? प्रचण्डले जे भन्यो त्यहिँ मानी दिनु पर्ने ?

त्यसैले त्यो कथित एकताले प्रचण्ड भन्ने एक ब्याक्तीलाई त आफ्नै कम्जोरिको कारणले सकायो। मानौं त्यो पनि ठुलो कुरो भएन तर सबैभन्दा गहिरो कुरो त यो नेकपा भन्ने नक्कली कम्युनिष्टहरुले यो देश बाट कम्युनिष्ट बिचार र जनताको बिचमा सम्बन्ध बिगारेको छ। जुन बिचार बिना नेपालको सुन्दर भबिष्य निर्माण तथा स्वाधिन राष्ट्र रहने कुरा हुनै सक्दैन।

अर्को कुरा गणतान्त्रिक राजनीतिक प्रणालिको संस्थापक शक्ति बिघठन भएको छ। अनि नयाँ राजनीतिक प्रणालिको संस्थापक नेतालाई मरणासन्न अवस्थामा पुर्‍याईएको छ। र, फेरि देशलाई १७ देखि ४६ सालको निरङकुस नश्लिय अतिबादी राज्यब्याबस्थाको कुटिल फन्दामा पारेर अगाडि बढाईंदै छ। फरक यत्ती हुनेछ उ बेलाको सत्तामा राजा र पन्चहरु थिए। अहिलेको सत्तामा धार्मिक नामबाट, बुद्धिजिबिको नामबाट कम्युनिष्ट पार्टिको नामबाट, समाबेसिताको नामबाट होस या कुनै पनि पार्टी, अथवा कुनै अमुक समुदाय सम्पर्दायको नामबाट तिनै एकल न’श्लिय अ’तिवादलाई पृष्ठ पोषण गर्ने हनुमानहरु हुनेछन।

अन्त्यमा, फेरि केही समय गुजारे पश्चात् खड्ग ओलिसंग बार्ता गरेर कम्युनिष्ट आ’न्दोलनलाई अगाडि बढाउनको निम्ति फेरि महान एकता गरियो ! भन्ने खबर आयो भने अथवा प्रतिक्रियावादी शक्ति काङ्रेसलाई यो चुनाबमा रोक्नको निम्ति क्रा’न्तिकारी कम्युनिष्टहरु बिचको बृहत् चुनाबी तालमेल अथवा मोर्चा भनेर खड्ग ओलि संग एउटै ढ्वाङ थापेर आफूहरुलाई जिताउन सोझा जनतालाई अपिल गरेको समचार आम मानिसहरुले सुन्न र पढ्न पाए भने पनि अब अनौठो मान्ने छैनन।  

अर्को कुरा उता काङ्रेस र मधेसबादी दलहरु छुट्टै आ’न्दोलन गर्ने कुरो गरिरहेका छ्न। तर उनिहरुको आ’न्दोलन भनेको चुनाब नहुने खण्डमा मात्रै हुन्छ। तिनलाई संसद पुनर्स्थापना होईन चुनाबको ग्यारेन्टी चाहिएको छ। काङ्रेस आउने चुनाबमा बाजि मारेर सत्ताको तर मार्ने दाउमा छ। प्रचण्ड-माधब नेपाल उनिहरुलाई संसद पुनस्थापनाको आ’न्दोलनमा आउन आह्वान गरिरहेका छन। प्रचण्ड-माधबको आह्वानलाई स्विकार गरेर काङ्रेस र मधेसबादी दल फेरि प्रतिपक्षमा बस्न उक्त आ’न्दोलनमा सहभागी हुन जालान त ? यी मधेसबादी र काङ्रेस, प्रचण्ड-माधब नेपालको संसद पुनर्स्थापना गर्ने संयुक्त आ’न्दोलन हुने सम्भावना अहिले न्यून देखिन्छ। किनभने यिनिहरु एक अर्काको स्वार्थ मिल्दैन। त्यसैले यत्ती नै बेला सडक संघर्षद्वारा निर्णायक आ’न्दोलन गर्ने ल्याकत पनि यिनिहरु कसैले राख्दैनन। यो अन्योलग्रस्त राजनीतीको फाईदा खड्ग ओलिले नै उठाउने देखिन्छ।

तर खड्ग ओलिको सत्ता बहिर्गमन निक्कै अप्रीय र महंगो मुल्यको हुने छ। एक थरी मानिसहरु राजा आउने कुरो गरिरहेका छन। तर ज्ञानेन्द्रलाई स्पस्ट थाहा छ कि फेरि अर्को जनताको आ’न्दोलनबाट हट्नु नै पर्दछ। त्यो बेला यो देशमा बस्ने ठाउँसम्म नपाउने अवस्था आउने कुरामा उनि अनबीज्ञ छैनन। किन भने यो देशमा अझै पनि कम्युनिष्टहरु बाँकी छन। र यो देशमा अब उनिहरुको युग सुरुहुने दिन नजिक छ। र यो देशमा कम्युनिष्टहरुको बिकल्प पनि छैन। ठिक यहिँ समय हो कम्युनिष्टहरु एकताबद्द भएर नक्कली कम्युनिष्टहरुको लुगा उतारेर जनतालाई देखाईदिने अनि बिदेशी शक्तिको गोट्टीहरुलाई जनतासामु नाङ्गेझार पारेर जनतालाई प्रष्ट पार्दै नक्कली कम्युनिष्टहरुको कारण कम्युनिष्ट प्रती घटदै गरेको जनबिश्वास लाई जगाएर जनताको मु’द्दाहरु उठाएर ती नक्कली कम्युनिष्टहरु र बिदेशी शक्तिको दासहरुलाई पाखा लगाउँदै दलाल संसदिय ब्याबस्थाको बिकल्प सहित नयाँ राजनीतिक आ’न्दोलनको नेतृत्व गर्न अगाडि आउनु नै अहिलेको असलि कम्युनिष्टहरुको दायित्व हो। र अहिलेको देशभक्त तथा क्रान्तिकारीहरुको मुख्य भुमिका पनि यहिँ हुनुपर्दछ।

त्यसैले निस्कर्षमा के भन्न सकिन्छ भने बहुदलिय जनबादको प्रतिक्रियावादी ते’जापले पोलेर बिटुलो भएका क. प्रचण्ड यदि कम्युनिष्ट हुन भने यो दलाल संसदिय ब्याबस्थाको बिकल्प सहित आम जनतामा फेरि आउन सक्छन त ? सक्दैनन। किन भने यो देशमा कम्युनिष्ट आन्दोलन चल्दै गर्दा माओबादी उ’ग्र बामपंथको वि’रुद्ध राजनीतिक तथा बैचारिक संघर्ष गर्न बिदेशबाट माओबादी मा’र्ने ह’तियार किन्न सहयोग गर्ने, असली जबजको उत्तराधिकारी मै हुँ भन्ने एमालेको पुर्ब नेतृत्वलाई गुमेको संसद पद फेरि पुनर्बहाली गर्ने माग राख्दै काखी च्यापेर हिँडिरहेका छन। कि माधब नेपालले बिगतको गल्ती स्विकार गर्दै मालेमाबादी बिचारधारालाई आत्मासाथ गर्ने घोषणा गरे ? माधब नेपालले महान दस बर्षे जनयुद्धलाई स्विकार गरे त ? त्यो पनि थाहा छैन।

यदि त्यसो हो भने खडग ओलि बेठिक माधब नेपाल कसरी ठिक ? संसद पुनर्स्थापना गर्ने कुरो मिलेर ? त्यसरी बैचारिक अन्योलतामा भ’ड्किएर चोकचोकमा प्रतिक्रियावादीहरुको मार खाँदै हिँड्नु भन्दा, निश्चित गन्तब्य बिना सिमलको भुवा उडेजसरी उड्नु भन्दा फेरि पुरानो आफ्नो सहयोद्दाहरुलाई नयाँ सिराबाट एकताबद्ध गराउँदै बिगतमा आफुले बोकेको बिचारलाई नयाँ उँचाईमा बिकास गर्दै यो दलाल संसदिय ब्याबस्थाको बिकल्प सहित जनताको एजेण्डा बोकेर जनतासंगै आउने हिम्मत गरेर यो बिगत दुई बर्षको अवधिमा गणतान्त्रिक राजनीतिक ब्याबस्थाको संस्थापक शक्ति तथा उक्त नयाँ गणतान्त्रिक राजनीतिक प्रणालिको संस्थापक नेताको गुमेको हैंसियत पुनआर्जन गर्ने बाटोतर्फ लागेर फेरि नयाँ आ’न्दोलनको नेतृत्व गर्ने हिम्मत जुटाए देखी यो प्रतिगामी न’श्लिय सत्ताको खोंचमा फँसेको देश पनि बाहिर निस्किने थियो। र गणतान्त्रिक राजनीतिक ब्याबस्थाको संस्थापक नेताको गुमेको नैतिकता पनि पुनआर्जन हुने थियो। र फेरि एक पटक कहिले नढल्ने अनि कहिले नडग्मगाउने गरि यो देश कम्युनिष्टमय हुने थियो अनि देशले बैज्ञानिक समाजबादको बाटो पक्रीने थियो।

अन्त्यमा, फेरि केही समय गुजारे पश्चात् खड्ग ओलिसंग बार्ता गरेर कम्युनिष्ट आ’न्दोलनलाई अगाडि बढाउनको निम्ति फेरि महान एकता गरियो ! भन्ने खबर आयो भने अथवा प्रतिक्रियावादी शक्ति काङ्रेसलाई यो चुनाबमा रोक्नको निम्ति क्रा’न्तिकारी कम्युनिष्टहरु बिचको बृहत् चुनाबी तालमेल अथवा मोर्चा भनेर खड्ग ओलि संग एउटै ढ्वाङ थापेर आफूहरुलाई जिताउन सोझा जनतालाई अपिल गरेको समचार आम मानिसहरुले सुन्न र पढ्न पाए भने पनि अब अनौठो मान्ने छैनन। किनकी यो दलाल संसदिय ब्याबस्थाको पार्टी र नेताहरु यस्तै छन र हुन्छन। किनकि उनिहरुले बिदेशि शक्तीले जे गर भन्यो त्यही गर्नु पर्छ, भने पार्टी र नेताहरुको बाध्यतालाई बुझ्ने ल्याकत लगभग अब नेपाली जनताले राख्छन। त्यही भएर त हरेक आ’न्दोलनमा धेर थोर मानिस पुगेकै हुन्छन। प्रत्येक नेताको भाषणमा परररर ताली बजेकै हुन्छ होईन र ?

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्