Logo

एप्पलको फोल्डेबल आइफोन आउँदै


एप्पलले अब फोल्डेबल आइफोन ल्याउन सक्ने हल्ला छ। द भर्जका अनुसार एप्पलले फोल्डेबल आइफोनको नमूना उपकरण बनाउन सुरु गरिसकेको छ। अर्को वर्षसम्म बजारमा नयाँ फोल्डेबल आइफोन आउने अनुमान गरिएको छ।

एप्पल अहिले फोल्डेबल आइफोनको डिस्प्लेमा मात्र काम गरिरहेको रिर्पोटले जनाएको छ। कम्पनीले आफ्नो नयाँ फोल्डेबल आइफोनका स्क्रीन आइफोन १२ प्रो म्याक्सको आकार जस्तै बनाउन लागेको अनुमान छ। जसको डिस्प्ले आकार ६.७ इन्चको हुन सक्छ। एप्पल अझै यसको डिजाइनबारे छलफल गरिरहेको द भर्जले बताएको छ।

एप्पल फोल्डेबल स्मार्टफोनमा काम गरिरहेको पहिलो कम्पनी होइन। सामसङ र मोटोरोला जस्ता ठूला स्मार्टफोन कम्पनीले यसअघि नै फोल्डेबल स्मार्टफोन बजारमा ल्याइसकेको छ। एप्पलले भने सार्वजनिक रुपमा फोल्डेबल आइफोन बनाउने कुरामा अहिलेसम्म कुनै चासो देखाएको छैन।

कम्पनीको आन्तरिक जानकारी अनुसार यस वर्ष एप्पल आइफोन १३ को डिजाइनमा ध्यान दिइरहेको छ। यसअनुसार उपभोक्ताले एप्पलको फोल्डेबल आइफोन किन्नको लागि अझै लामो समय कुर्नु पर्ने हुन्छ।

एजेन्सी,क्यालिफोर्निया 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्