Logo

सोल्टी सिटी अपार्टमेन्टमा आ’गलागी


काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आ’गलागी भएको छ ।
सोमबार दिउँसो लागेको आ’गो नेपाली सेना, शसस्त्र, नेपाल प्रहरी, रेडक्रसको टोली र स्थानीयवासीको प्रयासमा करिव डेड घण्टामा नियन्त्रणमा आएको थियो ।

आगलागी नियन्त्रणका लागि पाँचवटा दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले बिद्युत सट भएर लागेको आगोको झिल्का १३ तल्लासम्मै पुगेको जानकारी दिनुभयो । आगो लागेपछि सुत्केरी महिला र बच्चका साथै १६ जनालाई उद्धार गरिएको उहाले बताउनुभयो ।

आगो लागेपछि नजिकै रहेको रेडक्रश सोसाइटि पनि उद्धारका लासग पुगेको थियो । सोसाईटिका उपनिर्देशक शिवराम गौतमले आफुहरु समयमा नै घटनस्थलमा पुगेको उद्धार गरेको र केहि घाइतेलाई अस्पताल पठाएको बताउनुभयो ।आगलागीबाट भएको क्षतीको पूर्ण विवरण आउन बाँकी रहेका प्रहरीले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्