Logo

प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीका वि’रुद्ध उ’त्रिने बेला आए : पम्फा भुसाल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले अहिलेसम्म प्राप्त उपलब्धी ह’त्या गर्ने काम गरेको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा अखिल महिला नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकदलाई सम्बोधन गदै प्रचण्डले संविधानमा नै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभाको विघटन नभई संविधानकै विघटन गरेको समेत बताउनुभयो ।

उहाले जनताले लामो संघर्षबाट प्राप्त गरेको उपलव्धीहरुलाई जोगाउन आफुहरु संघर्षमा उत्रनुपरेको धारणा राख्नुभयो । प्रचण्डले संविधान अहिले कोमामा रहेकोले आ’न्दोलनको बलमा बचाउनुपर्ने बताउनुभयो । अहिलेको वि’वाद पदको नभएर विचारको भएको भन्दै सहमतिमा नै ओलीले आक्रमण गरेको आरोप लगाउनुभयो ।

उहाले नेपालको इतिहासमा महिला आ’न्दोलनको महत्वपूर्ण भूमिका रहेको भन्दै फेरी एक पटक आ’न्दोलनमा सक्रिय भएर जाग्न अनुरोध गर्नुभयो । उहाले संसद बिघटनको बिषयमा अदालतमा बहस भइरहेको भन्दै अदालतमाथि थप टिप्पणी नगर्ने स्पष्ट पार्नुभयो ।

त्यस्तै नेकपा सो पक्षका अध्यक्ष माधव कुमार नेपालले ओलीको असंवैधानिक कदमबिरुद्ध निर्णायक आ’न्दोलन गर्नुपर्ने धारणा राख्नुभयो । ओलीमा प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने गुण नरहेको भन्दै बामदेव गौतमले नै प्रधानमन्त्रीको राजीनामा मागेको उहाले दावी गर्नुभयो । नेता नेपालले प्रधानमन्त्री ओलीको नियत वैशाखमा चुनाव गर्ने नरहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा प्रचण्ड माधव पक्षकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीका विरुद्ध उत्रिने बेला आएको बताउनुभयो । विदेशीको डिजाइनमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने र राष्ट्रपतिले त्यसलाई एक मिनेट पनि नसोची ‘ओके’ गर्नु भनेको मुलुकलाई सं’कटको भुमरीमा पार्नु भएको उहाको भनाई छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्