Logo

ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्री मानेर जिताएर पठाएको हो फेरी किन अव’रोध गरेको : सुवास नेम्वाङ


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली समूहको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन अव’रोध गरेको भन्दै प्रश्न गरेका छन् ।

प्रदेश नम्बर १ कमिटीले तीनकुनेस्थित रोयल ब्याङ्‍वेटमा आयोजित कार्यक्रममा उनले ओलीलाई पार्टीका नेताहरुबाट अव’रोध भएको बताए । “महाधिवेशनबाट नयाँ पुस्तालाई अध्यक्ष र प्रधानमन्त्री बनाउँछु म कक्षा दोहोर्‍याउने विद्यार्थी होइन भन्नुभएको थियो । यस्तो बेलामा हामी किन यहाँ आइपुग्यौं । केपी ओलीलाई किन अ’वरोध ? बाटो छेकिन्छ,’’ उनले भने ।

उनले ओलीलाई कारबाही गरेर माधवकुमार नेपालप्रति कटाक्ष गरे । “ मैले नाम बिसिएँ, केपी कमरेडलाई कारबाही गरेर अध्यक्ष बन्नुभो रे । केहीअघि केपी शर्मा ओलीसँग हार्नुभएको थियो रे । अहिले उहाँले केपी कमरेडलाई हटाएर अध्यक्ष बन्नुभो रे । कस्तो सजिलो र’छ । थाहै थिएन,’’ नेम्वाङले भने ।

केपी ओलीलाई नपत्याएर के गर्न खोजेको भन्ने प्रश्न देशले खोजिरेहको उनले बताए । केपी ओलीलाई पाँच वर्षका लागि प्रधानमन्त्री मानेर जिताएर पठाएको पाँच वर्ष नपुग्दै फेरि त्यही स्थितिमा फर्कनुपरेको बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्