Logo

सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा


बिभिन्न सात साना कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा सातवटा कम्युनिस्ट पार्टीले एकता घोषणा गरेका हुन् ।

एकता गर्नेहरुमा पुनर्गठित नेकपा(माओवादी केन्द्र), नेपाल श्रमजीवि पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गणतान्त्रिक), नयाँ नेपाल राष्ट्रिय पार्टी, पुर्व जनमुक्ति सेना एकता पार्टी, थारु राष्ट्रिय मुक्ति मोर्चा र नेकपा माक्र्सवादी रहेका छन् ।

पत्रकार सम्मेलनमा निरन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठभुमिबाट आएका ७ वटा पार्टी एकता पछि ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)’ घोषणा भएको जानकारी दिएको हो । नयाँ घोषणा भएको पार्टीको अध्यक्षमा भविसोर पराजुली रहने जानकारी गराइएको छ ।

कार्यक्रममा पुनर्गठित ने.क.पा (माओवादी केन्द) का अध्यक्ष भविसोर पराजुलीले कम्युनिस्टहरुबीच विभाजन आइरहँदा एकता अभियान शुरु गरेको बताउनुभयो ।

उहाले सच्चा कम्युनिष्टहरुबीचको एकता अभियान चलेको भन्दै धुव्रिकरणले गति लिने बताउनुभयो । माओवादी आ’न्दोलनको इतिहास भावना र विचारलाई निरन्तरता दिने उहाले बताउनुभयो । पार्टी एकतामा सैद्धान्तिक, राजनितिक तथा संगठानात्मक विषयमा खुला र मैत्रीपुर्ण विचारधारात्मक छलफल गर्दै सम्मानजनक समायोजन र व्यवस्थापन गर्ने सहमति भएको उनीहरुले जनाएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्