Logo

प्रधानमन्त्री बन्नका लागि आफुलाई राष्ट्रियसभामा ल्याइएको भनेर ग’लत प्रचार गरिएको छ : बामदेव गौतम


नेकपाका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री बन्नका लागि आफुलाई राष्ट्रियसभामा ल्याइएको भनेर ग’लत प्रचार गरिएको बताउनुभएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो बिकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सभा सदस्य गौतमले आफु प्रधानमन्त्री बन्न खोजेको र राष्ट्रियसभामा रोजेको भन्दै ग’लत प्रचार गरेको बताउनुभएको हो ।

उहाले राष्ट्रियसभा प्रतिनिधिसभाको तुलनामा परिपक्व हुनुपर्ने भन्दै कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि भूमिका खेल्ने जिकिर गर्नुभयो ।

गौतमले राष्ट्रिय सभा र प्रतिनिधिसभाबीच मानमर्यादा र कामकारवाहीमा बिभे’द रहेको भन्दै बिभे’द अन्त्य गर्नका लागि पनि पहल र योगदान गर्ने जिकिर गर्नुभयो । त्यस्तै उहाले संघीय संसदका दुई सदनमध्ये राष्ट्रिय सभालाई कम अधिकार दिएको धारणा पनि राख्नुभयो ।

पुष २३ गते बसेको राष्ट्रियसभाको बैठकले गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको थियो । मनोनयनपछि गौतम पहिलोपटक समितिमा जानुभएको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्