Logo

गोपाल किरातीको विचार बोकेर हिंड्ने अनि वैचारिक वि’चलन भन्ने ?


काठमाण्डौ- गोपाल किरातीको विचार बोकेर हिंड्ने अनि वैचारिक वि’चलन भन्ने ?  नेकपा (माओवादी केन्द्र) पुनर्गठनयता विकसित नवीन विचारहरु प्रथम चिन्तक र प्रस्तावकको हैसियतमा गोपाल किरातीका विचार हुन।

तर, स्वयं नि’स्काशित तिलक थापा र कर्णजीत बुढाथोकीहरु एकातिर किरातीलाई वैचारिक विचलनको आरोप दु’श्प्रचार गर्छन, अर्कोतिर किरातीकै विचार बोकेर हिंड्छन। प्रश्न सोधियोस कि किरातीमा वैचारिक विचलन भएकै हो भने थापा र बुढाथोकीले किरातीकै विचार बोकेर हिंड्न मिल्छ ?  किमार्थ मिल्दैन।

गोपाल किरातीद्वारा विकसित नेकपा (माओवादी केन्द्र) का नवीन विचारहरु:
१) मार्क्सवादको रक्षा, प्रयोग र विकासको सट्टा “मार्क्सवादको रक्षा, विकास र प्रयोग” को मान्यता। अर्थात माओको निधनयता विकासको शर्तमा मात्र मार्क्सवाद प्रयोग सम्भव छ, भन्ने अडान।
२) तीन सैद्वान्तिक आधारको नेपाली मार्क्सवाद, मुख्यत: नेपाल पढ्ने सिद्वान्त।
३) तीन कार्यभारसहितको चरणबद्व समाजवादी क्रान्तिको राजनीतिक कार्यदिशा।
४) एघार विशेषताको देशभक्त समाजवादी कार्यक्रम, विशेषत: समाजवादी निर्वाचन प्रणाली, संयुक्त राज्यसत्ता निर्माण र ७५३ स्थानीय तहलाई कम्युनमा बदल्ने कार्यक्रम।
५) सामरिक कार्यदिशामा शान्तिपूर्ण सडक आन्दोलन हुँदै निर्वाचन उपयोगको कार्यानीति र महान जनवि’द्रोहको रणनीति।
६) टिष्टा-कांगडा फिर्ता आ’न्दोलनको मु’द्दा, जसले ईण्डो-अमेरिकी सा’म्राज्यवाद वि’रुद्द देशभक्तिपूर्ण प्र’तिरोध गर्छ।

उपरोक्त नवीन विचारहरु बोकेर हिंड्नु थापा र बुढाथोकी गुटको नैतिक हरामखोर तथा लाचारीपनको घृ’णित पराका’ष्ठा हो।

(यो माथिको लेख फेसबुकमा अर्जुन लिम्बु र लीला खड्का मिलनले राख्नु भएको लेख थियो, त्यहिबाट लिएको हो । )

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्