Logo

शिक्षकलाई हाजिर गराउन प्रहरी तै’नाथ


विसा चाम्लिङ-खोटाङ। खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालीकाको दुर्छिम माध्यमिक विद्यालयमा शिक्षकलाई हाजिर गराउन प्रहरी नै परिचालन गरिएको छ ।

दुर्छिम माविमा भएको स्थायि दरवन्दि हटाएर राहत दरवन्दि ल्याएकोले स्थानियवासीहरुले अ’वरोध खडा गर्ने आसंकामा राहत दरवन्दि शिक्षकलाई हाजिर गराउँदा प्रहरी प्रशासनको उपस्थिति गराएर शिक्षामा समेत लज्जास्पद राजनीतिक चलखेल भएको स्पष्ट छ ।

पछिल्लो समय हलेसी नगर शिक्षा समितिले आफ्ना नरनाता र राजनीतिक आस्था मिल्ने शिक्षकहरुलाई बाहिरी जिल्लाबाट नगरमा ल्याउने तर स्थानिय शिक्षकहरु जो स्थायी दरवन्दि दुर्छिम माविमा भएकोलाई अन्यत्र लाने चलखेल भएको छ ।

स्थानिय जनताहरुलाई लाटो, सोझो थानेर शैक्षिक सुधारको नाममा शिक्षालाई सुधार होइन, भएको दुर्छिम माविको चारजना स्थायी दरवन्दि शिक्षकहरु अन्यत्र पठाएर राहत दरवन्दी दुर्छिम माविमा ल्याएको छ ।

जसमा अंग्रेजी शिक्षक नविन चाम्लिङलाई दुर्छिम माविबाट अर्खोले लगिएको तथा टंक दाहाल राहत दरवन्दि यस माविमा ल्याएको छ, लगायत यसरी नै गलत व्यवस्थापन गरिएको छ ।

स्थायी दरवन्दिलाई अन्यत्र लगिएको र राहत दरवन्दिलाई यस माविमा ल्याइएकोले स्थानिय अभिभावकहरु माविमा डेलिगेसन गएर आवश्यक सुझाव र अपिलपत्र पेश गरिसकेका छन् ।
स्मरण रहोस, शिक्षामा राजनीति गर्नु आफैमा भोलिको वालवालिकाहरुको भविष्य माथि खेलवाड गर्नु हो । समय र परिस्थिति अनुसार सबै जनताहरुले एकै पटक बुझ्न नसक्ला तर बुझ्दै गएपश्चात शिक्षा माथि गरिएको राजनीतिलाई स्थानिय जनता र अभिभावकहरुले यसको हिसाब किताब लिने, त्यो समय आउने स्थानिय अभिभावकहरुले नाम नबताउने सर्तमा बताए ।

शिक्षकलाई हाजिर गराउन प्रहरी तै’नाथ

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्