Logo

राजधानी काठमाडौं केन्द्रित आ’न्दोलन थप सश’क्त बनाउने : रघुजी पन्त


नेपाल कम्युनिष्टपार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समुहले आ’न्दोलन सशक्त बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहिबार बसेको स्थायी कमिटी बैठकले देशको संघीय राजधानी काठमाडौं केन्द्रित आ’न्दोलन थप सशक्त बनाउने निर्णय गरेको हो ।

बैठकले विगतका संघर्षका कार्यक्रमहरुको समिच्क्षा गरेको र प्रदेश र जिल्लाहरुमा संघर्षका कार्यक्रमहरुलाई कसरी प्रभावनकारी बनाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफ व्यापक स्थायी कमिटी सदस्य रघुजी पन्तले बताउनुभयो । उहाले आ’न्दोलन देशका आम नागरिकको भएकाले अझै प्रभावकारी बनाउने तयारीमा रहेको बताउनुभयो ।

पुस,माघको चिसोमा आ’न्दोलनको राप अझै तात्दै जाने भएकाले अझै आ’न्दोलनका प्रभावकारी कार्यक्रमहरु तय गरेर अगाडि बढ्ने उहाको भनाई छ । पन्तले बैठक शुक्रबार बिहान ११ पुनः स्थायी कमिटी बैठक बस्ने जानकारी दिनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्