Logo

पर्यटकीय दृष्टिकोणले अत्यन्त रमणीय रामनगर पुष्प बाटिका सेवा सुरु


चितवनको रामनगर पुष्प बाटिका निर्माण समितिको निर्माणाधिन ‘रामनगर पुष्प बाटिका’ले सेवा शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिका १ रामनगरमा अवस्थित ‘रामनगर पुष्प बाटिका’को पूर्व प्रहरी नायब महानिरीक्षक तथा पतञ्जली योग समिति नेपालका संरक्षक प्रमुख अतिथि ज्ञानेन्द्र बिक्रम महतले गर्नुभएको थियो । कार्यक्रममा महतले रामनगरको उन्नति र विकासलाई अति उचाइमा पु¥याउने अभिलाषा रहेको बताउनुभयो ।

यस ठाउँ सुन्दर बनाउन सबै वर्ग र पदाधिकारीले यसको सुन्दरताको लागि सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । रामनगरको विकास गर्नु सबैको दायित्व भएको र सबैले हातेमालो गर्न आवश्यक भएको उहाँको भनाइ छ । उहाँले निर्माणाधिन ‘रामनगर पुष्प बाटिका’ले यस ठाउँको सुन्दरता थपिएको र आगामी दिनमा अझ बढी पूर्वाधारहरु निर्माण गर्ने परिकल्पना समितिको रहेको बताउनुभयो ।

कार्यक्रममा प्रहरी शिक्षालय भरतपुरका प्रहरी वरिष्ठ उपरीक्षक बुद्धि गुरुङले यस बाटिकाको लागि दानवीरहरुको ठूलो योगदानले सिंगो नेपालमा सबैको सहयोग गर्ने अनुभूत प्रेरणा सिर्जना भएको बताउनुभयो ।

समितिका प्रमुख संरक्षक तारानाथ कुँवरले यस बाटिकाको आसपासमा टोड्के ताल, मचान, बेलटाँडी ताल, जुगेढाप, सिमसार ताल रहेको पर्यटकीय दृष्टिकोणले अत्यन्त रमणीय रहेको जानकारी गराउनुभयो । कार्यक्रममा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्