Logo

ओली ब’दलाको भावनाबाट अघि बढ्ने र अ’लोकतान्त्रिक च’रित्र भएको मान्छे हो : नेपाल


नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको ता’नाशाही प्रवृत्तिमाथि सिंगो मुलुक पिल्सिरहेको बताउनुभएको छ । बिहीबार नेपाल बुद्धिजीवी संगठनले काठमाडौंमा गरेको कार्यक्रममा नेपालले ओलीले भनेको कुरा नमान्नु नै आफूहरुको अपराधजस्तो  भएको भन्दै त्यही ता’नाशाही प्रवृत्तिमाथि सिंगो मुलुक पिल्सिरहेको बताउनुभएको हो ।

ओली ब’दलाको भावनाबाट अघि बढ्ने र अलोकतान्त्रिक चरित्र भएको उहाले बताउनुभयो । संवैधानिक कू गरेका भएका बेला चुनावको अर्थ नभएको नहुने भन्दै नेपालले वैशाखमा चुनाव पनि नहुने दावी गर्नुभयो ।

नेकपा केन्द्रीय कमिटी बैठकले ओलीलाई बहुमतले हटाइसकेको भन्दै नेपालले ओलीका असंवैधानिक कदमको विरोध गर्नुपर्ने बताउनुभयो ।

संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नै नरहेको र हुँदै नभएको धारा राखेर बिघटन गरिएको आरोप उहाको छ । उहाले अदालतले ओलीको कदम सच्चाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाले आफु र प्रचण्ड रहेको पार्टी नै आधिकारीक नेकपा भएको दावी गर्नुभयो । जबज आफैले छोडेका ओलीले अहिले कार्यकर्तालाई दिग्भ्रमित पार्ने काम गरेको आरोप उहाको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्