Logo

थारुको अधिकार स्थापीत गर्नका लागि फेरी सं’घर्ष गर्ने : गंगा चौधरी


 

थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर बिहीबार माघीपर्व मनाएका छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व हो । पर्वका अवसरमा काठमाडौंमा रहेका थारु समूदायमा शुभकामना अदानप्रदान गर्दै थारु राष्ट्रिय महोत्सवका रुपमा मनाएका छन् ।

सो क्रममा थारु समूदायको सस्कृति झल्कने सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल पक्षका नेता लिलामणि पोखरेलले सवै चाडपर्वको महत्व उतिकै रहेको भन्दै यसले नेपालको पहिचान झल्कने बताउनुभयो ।

उहाले आफ्नो अधिकार स्थापीत गर्नका लागि सांस्कृतिक आ’न्दोलन आवश्यक रहेको उल्लेख गर्नुभयो । फरक प्रसंगमा उहाले नेकपा एकतादेखि नै समस्या देखिएको भन्दै त्यसैका परिणाम अहिले देखिएको बताउनुभयो । उहाले प्रधानमन्त्रीले संविधान बिपरित संसद बिघटन गरिएको आरोप लगाउनुभयो ।

त्यस्तै थारु अगुवा तथा नेकपा नेतृ गंगा चौधरी सरकारको कदमले जनताले दिएको मतको अपमान भएको बताउनुभयो । संविधान बिपरित संसद बिघटन भएको भन्दै संविधान नै नरहे निर्वाचन हुन नसक्ने उहाको भनाइृ छ । उहाले थारुको अधिकार स्थापीत गर्नका लागि फेरी संघर्ष गर्ने बेला आएको धारणा पनि राख्नुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्