Logo

केपी ओली मु’र्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर भन्दै बि’रोध प्र’दर्शन


संसद विघटनको वि’रोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले बिहीबार पनि काठमाडौंमा वि’रोध प्रदर्शन गरेको छ । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै नेविसंघशंकरदेव क्याम्पसका बिद्यार्थीहरुले काठमडौंको माइतिघरमा विरो’ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने शरीरमा नारा लेखिएको कालो परिहन लगाएका थिए ।

युवा विद्यार्थीले ‘केपी ओली मु’र्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खा’रेज गर, विद्यार्थीको एउटै स्वर सरकार भित्र चो’रैचो’र’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

संविधान विपरितको काम प्रधानमन्त्रीले गरेको भन्दै बिरोध गरिएको प्रदर्शनमा सहभागी बिद्यार्थी नेताहरुले बताएका छन् । उनीहरुले अहिलेको कदम अधिनायकवाद र प्रतिगामी भएको भन्दै विरोधका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्