विप्लव नेकपाद्धारा माघ १० गते नेपाल ब’न्द, नेता बास्तोलाको प’क्राउका वि’रुद्ध

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नेता धमेन्द्र बास्तोलाको गि’रफ्तारीका वि’रुद्ध माघ १० गते नेपाल ब’न्दको घोषणा गरेको छ ।
नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले विहीबार एक प्रेस विज्ञेप्ती जारी गर्दै सामाजिक फा’सिवादी केपी ओली सरकारले नि’रंकुश र फा’शिष्ट शासन लाद्न खोजेको भन्दैं बन्दको आयोजना गर्नु परेको बताएका छन् ।
नेता बास्तोलाको पक्राउले यो राज्य र संविधानले दिएको राजनीतिक अधिकारको समेत ध’ज्जी उडेको विप्लवको आरोप छ ।
यस्तोखाले दमनका विरुद्ध आवाज उठाउन महासचिव विप्लवले राजनीतिक पार्टी, बुद्धिजीवि र आम नागरिकलाई अनुरोध समेत गरेका छन् ।
राज्यको फासिष्ट दमनले आफ्नो क्रान्ति नरोकिने भन्दैं महासचिव विप्लवले एकदिन यो दमनकारी फाशिष्ट राज्य समाप्त हुने उदघोष गरेका छन् ।
