Logo

थारु, मगर र छन्त्याल समुदायले नयाँ वर्षको रुपमा माघी पर्व धुमधामसँग मनाउँदै


परम्परागत माघे संक्रान्ति पर्व मुलुकभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइएको छ । यसदिनदेखि सूर्य धनु राषीबाट मकर राषीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।

माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा स्नान गर्नेको घुईचो लागेको थियो । यसदिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गएराति नै पकाइएको तरुल, चाकु, लड्डु तथा घिउलगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ ।

थारु, मगर र छन्त्याल समुदायले भने नयाँ वर्षको रुपमा माघी पर्व धुमधामसँग मनाउँछन् । पश्चिम तराइका दाङ, बाँके, बर्दिया र कैलालीलगायत जिल्लामा माघीको विशेष रौनक छाउँछ । सरकारले माघे संक्रान्तिका अवसरमा सार्वजनिक विदा समेत दिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्