देउवा चढेको हेलिकप्टर गोरखामा आ’कस्मिक अवतरण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण भएको छ।
बिहीबार पालुङटार नगरपालिका-२ आँपपिपल भन्ने स्थानमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरूङले बताए।
कैलाश एयरको हेलिकप्टर चढेर काठमाडौंबाट पर्वत जाँदै गरेको हेलिकप्टर पौने १ बजे आँपपिपलमा अवतरण भएको हो।
गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले मौसमको कारणले केहीबेर गोरखामा अवतरण गरिए पनि अहिले देउवा सवार उक्त हेलिकप्टर पर्वतका लागि उडिसकेको छ।