नेपालमा मोर्डना र अस्ट्राजेनिका ल्याउने तयारी

नेपाल सरकाले दुईवटा खोप ल्याउन कानुनी प्रक्रिया अगाडि बढाएको बढाएको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार हालसम्म भारतको उत्पादन अस्ट्राजेनिका र अमेरिकाको उत्पादन मोर्डना खोपका लागि कानुनी प्रक्रिया अघि बढेको हो ।
सरकारद्वारा आ’पत्कालीन खोप आयातका तथा प्रयोगका लागि यसअघि नै अध्यादेश जारी भइसकेकाले कानुनी बाटो खुलिसकेको छ । कोभ्याक्स या अन्य जुनसुकै खोप पहिले आए पनि अनुमति र दर्ता प्रक्रियामा लामो समय नलाग्ने केसीको दाबी छ ।
विभागले बुधबार सूचना जारी गर्दै खोप आयातका लागि इच्छुक तथा योग्य उत्पादन तथा आयातकर्ता कम्पनीलाई खोपको आपत्कालीन दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सूचित गरेको थियो ।
हालसम्म विश्वमा मान्यताप्राप्त अस्ट्राजेनिका, मोर्डना र फाइजर खोपमध्ये नेपालको कोल्डचेनमा राख्न सकिने भएकाले पनि यी दुई खोप आउने सम्भावना धेरै भएको विज्ञहरुले बताउँदै आएका छन् ।