Logo

नेकपा (माओवादी केन्द्र) पार्टिले भारतीय संचार जी न्यूजका रिपोर्ट र ओलि सरकार प्रति क’डा बिज्ञप्ति निकाल्यो


काठमाण्डौ-नेकपा (माओवादी केन्द्र) पार्टिले नेपालका प्रधानमन्त्री श्री खड्ग ओलीको निमन्त्रणामा उनको अन्तर्वार्ता लिन नेपाल आएका भारतीय संचार जी न्यूजका रिपोटर सुधीर चौधरीले नेपालको स्वाधीनता र सार्वभौमिकता विरुद्ध गरेको अभिव्यक्तिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण गर्दै क’डा बिज्ञप्ति निकालेको छ ।

हिजो पार्टिको महा-सचिव राजन तिमल्सिनाद्वारा निकालीएको बिज्ञप्तिमा भनिएको छ, ‘नेपालका प्रधानमन्त्री श्री खड्ग ओलीको निमन्त्रणामा उनको अन्तर्वार्ता लिन नेपाल आएका भारतीय संचार जी न्यूजका रिपोटर सुधीर चौधरीले नेपालको स्वाधीनता र सार्वभौमिकता वि’रुद्ध गरेको अभिव्यक्तिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

बिज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री खड्ग ओलीले जी न्यूज च्यानललाई दमदार अन्तर्वार्ता दिएर नेपालीको ध्यानाकर्षण गरे पनि उनको नियति सही नभएको कुरा सुधीर चौधरीलाई प्रधानमन्त्री निवासमा गरेको स्वागत र सगरमाथा बेसक्याम्पसम्म पुग्ने वातावरण बनाउनुले पुष्टि गरेको छ । नेपालीलाई सिक्किमीकरण गर्ने ुनेहरू डक्ट्रिनु अन्तर्गत लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र र अन्यत्र सीमा क्षेत्रमा गरिरहेको अतिक्रमणको साथै लुम्बिनी र सगरमाथाको दा’वीसम्म आउदा भारतीय शासकहरूको रणनीति स्पष्ट बुझ्न सकिन्छ ।’

‘हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) गोर्खा भर्ती केन्द्रको खारेजी, गोर्खा पल्टनमा रहेका नेपालीको स्वदेश फिर्ती र सुगौली सन्धिको खारेजीको माग गर्दछ । हामी दुई देशवीचको सम्बन्ध समानताको आधारमा विकसित गर्न चाहान्छौ । ऐतिहासिक प्रमाणका आधारमा टिष्टा-काँगडा नेपाल कै भूभाग भएको दाबी हाम्रो पार्टीको रहेको कुरा उल्लेख बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञपतिको अन्तमा भनिएको छ, ‘भारतीय विस्तारवादी शासकहरूले यो पनि बुझुन कि गोर्खा भर्त्तीकेन्द्र अन्तर्गत नेपाली सेनाले भारतीय भूमिको रक्षा गर्दै आएको कुरा स्वतः स्पष्ट छ । यदि गोर्खा पल्टन नभैदिएको भए भारतको नाम निशाना गायव हुने कुरा नभुल्न समेत भारतीय शासकहरुलाई चेतावनी दिन चहान्छौ । भारत सरकारले नेपाली जनता सामू माफी मागी दुई देशवीचको सम्बन्ध सुदृढ गर्न माग गर्दछौ । सरकारले यथाशीघ्र भारतीय पक्षसँग संवाद अगाडि बढाई देशको स्वाधीनता र सार्वभौमीकताको रक्षाको लागि कदम चाल्न अपिल गर्दछौं । अन्यथा, हाम्रो पार्टी देशव्यापी सं’घर्षको आँधीबेरी सिर्जना गर्न बा’ध्य हुने कुरा यसै विज्ञप्ति मार्फत सार्वजनिक गर्दछ ।’

बिज्ञप्ति हेर्नुहोस :

बिज्ञप्ति हेर्नुहोस :

 

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्