Logo

शैक्षिक क्षेत्रमा समेत हलेसी नगरले शुरु गर्यो राजनीति


मान्सुङ चाम्लिङ- खोटाङ स्थानिय सरकारको निर्माणसँगै हरेक पालीकामा शिक्षालाई हेर्ने निकाय जसरी, हलेसी नगरमा, हलेसी नगर शिक्षा समिति शाखाले पायक भएर रहेका शिक्षकहरुलाई समेत अपायक पर्ने स्थानमा सरुवा राजनीतिक आस्थाको आधारमा आफ्नालाई तान्ने, र फरकलाई टाढा पुर्याउने अभ्यास पटक पटक गर्दै फेरी दोहोर्याएको पाइन्छ ।

नगर शिक्षा समितिको अध्यक्ष नगरप्रमुख आफै हुने हुनाले, नगर प्रमुखको समन्वयमा शिक्षा समिति प्रमुख सन्जु कुमारी दाहाल सहितको सहभागीताको निर्णयले हलेसी तुवाचुङ नगरपालीका वडा नंं.५ दुर्छिम मावि छापडाँडाको दरवन्दीलाई अन्य माविहरुमा लगिएको तथा अन्य १७ जना शिक्षकहरुलाई दरवन्दी मिलानको नाममा भएको स्थानिय दरवन्दिलाई राजनीतिक आस्थाको आधारमा अन्यत्र लगिएको प्रति स्थानियहरु आक्रोषित भएको स्थानिय भोजराज राईले बताए ।

स्मरण रहोस, मानव जीवन आफैमा केही होइन, जब उसमा शिक्षा हुन्न । जब हरेक नागरिक, परिवार, समाजमा शिक्षाले ज्योति दिन्छ तबमात्र त्यो नागरिक, परिवार, समाज र देशको मुल्यांकन हुन्छ । अथवा कुन व्यक्ति, परिवार, समाज र देशमा जस्तो किसिमको शिक्षा छ, त्यही किसिमको उनीहरुको मूल्यांकन हुन्छ ।

यति सम्मकी जुन देशमा सकारात्मक शिक्षा छ, त्यो देश उच्च मूल्यांकनको रुपमा मापन गरिन्छ । तर नेपाल अल्पविकसित देश आफैमा भइरहँदा, यस अल्पविकसित देशको पनि शिक्षा क्षेत्रले कर्णाली मानिने खोटाङ जिल्ला, त्यस जिल्लाको पनि शैक्षिक हिसाबले पछाडी परेको भेग भनेर चिनिने हलेसी तुवाचुङ नगरपालीमा, पालीका नै अभिभावकत्व भएको अवस्थामा शिक्षा क्षेत्रमा राजनीतिकरण गरिएको स्थानिय अभिभाव र जनताहरुले महशुष गरिएको छ ।

यदी शिक्षामा समेत राजनीति गर्दै गएमा क्षणिक भरमा स्थानिय तहको सत्तामा सरकारको दुरुपयोग गर्दै गएमा निश्चित रुपमा जनप्रतिनिधि भनेर सम्मान गर्ने भन्दा पनि, गरिएको कार्यलाई आजीवन घृणा गरिने र त्यसको सकारात्मक मूल्यांकन होइन समयको मूल्यांकन सहित हिसाब किताब गरिने अभिभावकहरुले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्