दुर्छिम माविको चार दरवन्दि अन्यत्र लगिएको अभिभावकहरुको आ’पत्ति

मान्सुङ चाम्लिङ-खोटाङ जिल्लाको हलेसी नगरपालीका अन्र्तगत पुरानो माविहरु मध्ये दुर्छिम मावि पुरानो मानिन्छ । यस माविमा भएका माविको स्थायि दरवन्दिहरु केही वर्षमा मात्र पुरा भएर शैक्षिक स्तर सुधारोन्मुख तर्फ गइरहेको थियो ।
तर स्थानिय तहलाई शैक्षिक समन्वयको व्यवस्था गरेसँगै हलेसी नगर शिक्षा शाखाले यहाँ रहेका चार दरवन्दिहरुलाई अन्यत्र सारिएकोमा यहाँको स्थानियवासी तथा अभिभावकहरुले आपत्ति जनाएका छन् ।
तर यहाँको प्रधानध्यापक र विविस समेतले यसलाई वेवास्ता गर्दै, त्यसलाई सदर गर्दै अगाडी बढ्ने प्रक्रियामा अगाडी बढेको पाइन्छ । पर्ख र हेरको नीतिमा रहेका स्थानियहरुले केही समयसम्म अनौपचारिक रुपमा नगरमा आवाजहरु उठाए पनि केही सुनुवाई नभएकाले पहिलो समन्वय स्वरुप दुर्छिम माविमा स्थानिय अभिभावकहरुले ध्याकर्षण पत्र स्वरुप दुर्छिम माविका प्रधानध्यापक तथा विविसलाई अपिल पेश गरेका छन् ।
यो सकारात्मक समन्वय र सहजवातावरणमा ध्यानकर्षण गरिएकोले यसलाई सकारात्मक रुपमा नगर शिक्षा शाखा र नगर पालीकाले सहज रुपमा पुरनस्थापना गरेमा यसलाई सकारात्मक रुपमा नै लिने, यदी यसलाई हेलच्याक्र्याई गरेर वेवास्ता गरे यो गरिएको निर्णय नउल्टिन्जेल सम्म अभिभावकहरुको तर्फबाट आवश्यक कार्यक्रम, क्रियाकलाप र सम्बन्धित निकायहरुमा आवश्यक पहल गरिने अभिभावकहरुले बताए ।
