Logo

काम गर्न नदिएको एउटा मात्र प्रमाण देखाउन प्रधानमन्त्री ओलीलाई चुनौती : प्रचण्ड


नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा मात्र प्रमाण देखाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिनुभएको छ । बुधबार काठमाडौंमा अयाोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले पार्टीले काम गर्न नदिएको हुँदा संसद् विघटन गरेको दाबी ओलीले गर्दै आएको भन्दै एउटा प्रमाण देखाउन चूनौती दिनुभएको हो ।

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान धरापमा भएको भन्दै त्यसको रक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको धारणा राख्नुभयो । आफुहरु निकासका लागि छलफलमा जुटेको भन्दै राष्ट्र र जनताको अगाडि देखापरेको संकटलाई समाधान गर्ने उदेश्य सफल हुने उहाले बताउनुभयो ।

प्रचण्डले केपी ओलीले संविधान मिचेजस्तै अन्य संवैधानिक निकायले पनि त्यही गर्न थाले जनताले हेरेर नबस्ने चेतावनी दिनुभयो । निर्वाचन आयोगको तर्फबाट विधिसम्मत हुने र पार्टीको नाम र सूर्य चिन्ह आफुहरुकै हुने उहाले दावी गर्नुभयो । उहाले ओलीको नौटंकी र जोकरपनको पछाडी कोही नलाग्ने पनि तर्क गर्नुभयो ।

नेकपाको पछिल्लो केन्द्रीय कमिटी बैठकले पार्टीको विधान अनुसरण गर्दै अघि बढेको र आफूहरु नै पार्टीको मूल धार, विधि र संस्थागत भएको उहाँले दाबी गर्नुभयो ।

त्यस्तै भेलालाइ सम्बोधन गदै नेकपा प्रचण्ड–नेपााल पक्षका अध्यक्ष माधव नेपालले संसद बिघटन गरेर ओलीले मुलुकलाई अस्थीरतातर्फ ढकल्ने असंवैधानिक काम गरेको आरोप लगाउनुभयो । नेपालले ओली गुटले फैलाएका भ्रमलाई एक–एक गरी चिर्दै अगाडि बढ्न कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । नेपालले लोकतन्त्र र संविधानमा प्रहार गरेपछि प्रधानमन्त्री ओली एक्लिँदै गएको दावी गर्नुभयो ।

भेलालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल पक्षकी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलेप्रधानमन्त्री ओलीलाई तानशाही र स्वच्छाचारी भएको बताउदै गणतन्त्रमाथि धावा बोलेको आरोप लगाउनुभयो । शाक्यले कुनै पनि आ’न्दोलनमा काठमाडौँ जागेपछि आ’न्दोलन सफल भएको बताउदै अब प्रतिगमनविरुद्धको यो आन्दोलनमा पनि काठमाडौँ बासिलाई जाग्न आग्रह गर्नुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्