Logo

आज थप ४४५ जनामा कोरोना पुष्टि


नेपालमा बुधबार थप ४४५ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ४४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार काठमाडौंमा १७९, भक्तपुरमा १९ र ललितपुरमा ३९ जनामा समेत कोरोना देखिएको छ । यो संगै नेपालमा कोरोना सं’क्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृ’त्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृ’त्यु हुनेको संख्या १९ सय ३७ पुगेको छ । थप ४१४ सं’क्रमित निको हँुदा हालसम्म नेपालमा २ लाख ५९ हजार ७७२ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार हाल चार हजार ४ सय ३४ जना आइशोलेशनमा छन् भने २३७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १९ लाख ९७ हजार ९ वटा पिसिआर गरिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्