Logo

मेरो कारण नेपाल लोडसेडिङमुक्त भएको हो : टोपबहादुर रायमाझी


उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले नेपालमा अहिले विद्युतको अभाव नभएको भन्दै उत्पादन बढेकाले खपत कसरी गर्ने भन्ने समस्या रहेको बताउनुभएको छ ।

रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले लोडसेडिङ्ग हुने कुनै सम्भावना नै नरहेको पनि बताउनुभयो । उहाले अहिले प्रयाप्त बिजुली उत्पादन भइरहेको जानकारी दिनुभयो ।

नेपाल लोडसेडिङमुक्त हुनुमा अघिल्लोपटक आफू मन्त्री हुँदा बनाएको मास्टरप्लानले भुमिका खेलेको रायमाझीको दावी छ । मास्टरप्लान बनाउँदा त्यसबेला कुलमान घिसिङलाई पनि समितिमा समेटेर बनाएको उहाले जानकारी दिनुभयो ।

अहिलेको आफ्नो चुनौति धेरै भएको विजुली कसरी खपत गर्ने भन्ने रहेको भन्दै मन्त्री रायमाझीले आगामी भदौसम्म ५ सय मेघावाट विजुली धेरै भएर खेर जाने अवस्था रहेको जानकारी दिनुभयो ।

उहाले नेपाल भारतबीचको सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमण फलदायी हुने धारणा राख्नुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्