सूर्य चिह्न आफ्नो समूहको हुने त्यसो नभए क’यामत आउने चे’तावनी

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतको इसारामा आफूलाई हटाउन लागेको भन्ने प्रधानमन्त्रीले भारतकै इसारामा संसद् विघटन गरेको आरोप लगाएका छन् ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भएको कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गत वर्षदेखि तीनपटक प्रयास गरेर ओलीले पार्टी फुटाएको बताए ।
‘‘पोहोर सालदेखि तीनपटक पार्टी फुटाउन खोज्नु भो हामीले जोगायौं । अहिले त घरमै आ’गो लगाइदिनुभयो,” अध्यक्ष दाहालले भने, “अस्तिको बैठकमा भारतले र साथीहरुले हटाउन खोजेको भन्नुहुन्थ्यो । भारतले हटाउन खोज्दैमा हटाउन हुँदैन भनेर हटाएका थिएनौं ।”
उनले प्रधानमन्त्रीले गलत दाबी गर्दा आफूहरु कारबाहीबाट पछि हटेकाले प्रधानमन्त्री आफैं अहिले नांगिएको बताए । “भारतले इसारा गरेर पार्टी विभाजन र संसद् विघटन गरेको जनताले देखिसके अब यसलाई के भन्नुहुन्छ प्रधानमन्त्रीजी ?” दाहालले प्रश्न गरे ।
उनले प्रधानमन्त्रीले १०० जना केन्द्रीय सदस्य लिएर ११ सय भन्दै नौटंकी गरिरहेको बताए । “तपाई नौटंकी प्रदर्शन गर्दै हुनुहुन्छ, कहिलेकाहीं वि’क्षिप्त मानसिकताजस्तो लाग्छ,” दाहालले भने, “साथीहरु पोलिटिकल जोकरजस्तो लाग्छ । १०० जना बसेर ११०० केन्द्रीय सदस्य बनायौं भन्ने ? यसलाई वि’क्षिप्त र बौ’लाहट किन नभन्ने ?”
उनले ७० प्रतिशत केन्द्रीय सदस्य भएको समूहलाई भ’गौडा भनेको भन्दै पार्टी बैठकबाट भागेर हिँड्ने भ’गौडा हुन्छ कि पार्टी बैठक राख्नेहरु भन्दै प्रश्नसमेत गरे ।
“जोसँग ७० प्रतिशत केन्द्रीय समिति छ, ऊ भगौडा,” दाहालले प्रश्न गर्दै भने, “बैठक नआउने, पार्टी कमिटीलाई लात हानेर हिँड्ने भ’गौडा नहुने ?” उनले सूर्य चिह्न आफ्नो समूहको हुने र त्यसो नभए आँधी हुरी, बतास र कयामत आउने चेतावनी पनि दिए ।