Logo

एमसीसी लागु गर्ने अथवा खा’रेज के गर्ने छिटोभन्दा छिटो टुंग्याउनुस : टोपबहादुर रायमाझी


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामको निम्ति मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पर्खेर बस्न नहुने बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा वि’वाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामको लागि एमसीसी पर्खेर बस्न नहुने बताए ।

विद्युत् खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेको भन्दै उनले एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरु देशकै लगानी अथवा अरु नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्नेमा जोड दिए । एमसीसी लागु गर्ने अथवा खा’रेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुंग्याउनुपर्ने उनको भनाइ छ ।

मन्त्री रायमाझीले बेला–बेलामा विद्युत् जाने समस्या विद्युत्भार बढी भएको र कमजोर संरचनाका कारण भएको स्पष्ट पारे । विद्युत्को अपर्याप्तताका कारण विद्युत् काटिएको नभइ पुरानो संरचनाका कारण बेला–बेला जाने गरेको उनले बताए ।

उनले देशको राजनीतिक प्रणाली र परिवर्तनको मुद्दाहरु नै गुम्ने स्थिति आएको कारण मध्यावधि निर्वाचनमा जानुपरेको जिकिर गरे । मध्यावधि निर्वाचनमा जानु प्रगतिशील कदम भएको उनको टिप्पणी छ । उनले प्रतिपक्षी दलहरु निर्वाचनमा जान डराएको तथा सडकमा आन्दोलन गरेर देशको विकास र समृद्धि नहुने बताए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बिहीबारदेखि हुने भारत भ्रमणमा दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्ने र नेपाल–भारतबीचको अन्तर्विरोध न्यूनीकरण गर्ने विषयमा छलफल हुने उनले जानकारी दिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्