Logo

संसद पुनःस्थापना विना चुनाव भएमा र’क्त’पात हुन्छ : सुजाता कोइराला


नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव भएमा र’क्तपात हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले देशमा र’क्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको बताउनुभयो ।

असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा आफ्नै पार्टीका सभापति देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको समेत उहाले बताउनुभयो ।

संसद विना देश अगाडि बढ्न खोजे अर्को दु’र्घटना हुन भन्दै उहाले संविधानलाई ट्रयाकमा ल्याउन जरुरी रहेको धारणा राख्नुभयो । संसदको बिघटन राजनीतिक निर्णय भएकाले सडक आन्दोलनबाट भएपनि पुनःस्थापना गर्ने उहाको भनाई छ ।

ओली सरकार कामचलाऊ भएकाले भारतसँग ग’म्भीर र संवेदनशील विषयमा कुनैपनि सम्झौता गर्न नसक्ने उहाले बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्