Logo

प्रधानमन्त्रीलाई संविधान पढ्न क्याम्पस आउन भन्दै ना’रावाजी


सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै कानुनका विद्यार्थीहरुले संविधान पढ्दै वि’रोध प्रदर्शन गरेका छन् ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन, नेपाल ल क्याम्पस कमिटीको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले प्रतिनिधिसभा विघटन गर्न अनुमति दिने धारा खोज्दै संविधान पढेका हुन् ।

क्याम्पस परिसर बाहिर भेला भएर विद्यार्थीहरुले संविधान वाचन समेत गरेका थिए । उपस्थित विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटन गर्न उल्लेख गरिएका धारा देखाउन चुनौति समेत दिए ।

कार्यक्रममा अखिलका सहसंयोजक रञ्जित तामाङले संसद बिघटनको कानून अनुसार व्यख्या नभएकाले विरोध प्रदर्शन गरिएको बताउनुभयो । उनीहरुले प्रधानमन्त्रीलाई संविधान पढ्न क्याम्पस आउन भन्दै नारा समेत लगाएका थिए ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्