Logo

राजश्व कार्यालयका कम्प्युटर अपरेटर र रेष्टुरेन्ट सञ्चालक घु’ससहित प’क्राउ


आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर र रेष्टुरेन्ट सञ्चालक घु’स रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले अपरेटर राजन शर्मा र टिमुर किचन रेष्टुरेन्टका सञ्चालक सन्तोष थापामगरलाई मंगलबार पक्राउ गरेको हो।

उनीहरूबाट अख्तियारले ४३ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए। शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुंगेधारा, बनस्थलीका संचालक थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिने भन्दै ४३ हजार घुस माग गरेका थिए।

अ’ख्तियारले घु’स रकम लेनदेन गरिरहेको अवस्थामा पक्राउ गरेको हो। उनीहरूलाई बालाजुस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट पक्राउ गरेको हो।  उनीहरूमाथि अ’ख्तियारले थप अनुसन्धान अघि बढाएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्