बाबुले घरमा आ’गो लगाउँदा दुई छोराको मृ’त्यु

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आ’गो लगाउँदा दुई छोरा जलेर मु’त्यु भएको छ ।
नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको ज’लेर मङ्गलबार राति मृ’त्यु भएको हो । भैरे वि’ष सेवन गरेर आफू पनि ग’म्भीरावस्थामा रहेको जनाइएको छ ।
घरायसी झ’गडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृ’त्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घा’इते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए। रासस