Logo

ट्रम्पको च्यानलमा पनि लगायो प्रतिब’न्ध


भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्र’तिबन्ध लगाएको छ।

ट्रम्पले आफ्नो कम्पनीका नीतिहरू उल्लंघन गरेको उल्लेख गर्दै युट्युबले ट्रम्पको च्यानलमा पोष्ट भएका नयाँ भिडिओहरू हटाएको छ भने कम्तिमा सात दिन नयाँ भिडिओ पोष्ट गर्न नपाउने गरी उनीमाथि प्र’तिबन्ध लगाएको छ।

युट्युबमा ट्रम्पको च्यानलमा २७ लाख सब्स्क्राइबर्स छन्। यसअघि चर्चित दुई सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले ट्रम्पका खाता नि’लम्बन गरेका थिए।

गत साता अमेरिकी संसदमा ट्रम्पको उक्साहटमा उनका समर्थकहरूले हिंसा फैलाएपछि ट्रम्पविरूद्ध सामाजिक सञ्जालहरूले प्रतिबन्ध लगाउन थालेका हुन्।

राष्ट्रपति चुनावको मतपरिणाम प्रमाणीकरण गर्न बसेको बैठकमा ट्रम्प समर्थकले हिं’सा भड्काउँदा पाँच जनाको मृ’त्यु भएको थियो। एजेन्सी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्