अमेरिकाको राष्ट्रपति बाइडेनलाई उत्तर कोरियाका किमको चु’नौती

बीबीसी– उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो जन्मदिनको अवसर पारेर विभिन्न किसिमका नयाँ ह’तियारहरू सार्वजानिक गरेका छन् । यसमा विशेषगरी लामो दूरीका मि’साइल, अत्याधिक ठूलो वा’रहेड, जा’सुसी गर्ने स्याटलाइट र आणविक ऊर्जायुक्त ‘सबमरिन’ ले सबैको ध्यानाकर्षण गराएको छ ।
यसरी उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक कार्यक्रममा घोषणा गरिएका सैन्य योजनाहरूले यसलाई फेरि पनि जो’खिमपूर्ण मुलुक तुल्याएको छ । तर यो एक किसिमले चुनौती पनि भएको विश्वविद्हरूको भनाइ छ । किनकि यस किसिमको चेतावनीपूर्ण सन्देश किमले अमेरिकामा नयाँ राष्ट्रपति निर्वाचित भएको मौका पारेर सार्वजानिक गरेका हुन् । हाल अमेरिकामा जारी विभिन्न महत्त्वपूर्ण घटनाहरूबीच आफ्नो आवाज देश बाहिर पुर्याउन सं’घर्ष गर्नुपरिरहेका बेला किमले यही समय पारेर ह’तियारसम्बन्धी त्यस किसिमको घोषणा गर्नुको अर्थ आगामी नयाँ अमेरिकी प्रशासनले उत्तर कोरियासम्बन्धी छिटै कुनै कदम उठाएन भने त्यसको नतिजा स्वरुप यसले ह’तियार र आ’णविक शक्तिको क्षमता अझ तीव्र रुपमा वृद्धि गर्दै लानेछ जुन अमेरिका र दक्षिण कोरिया दुवैका लागि ग’म्भीर चासोको विषय हुनेछ ।
त्यसैले उनले आगामी हप्ता नयाँ कार्यकाल सुरु गर्ने बाइडेन प्रशासनको अहिले नै ध्यानाकर्षण गर्न सक्ने हो भने आफ्नो शर्त अनुरुप वार्ता र सम्झौता गर्ने मौका पाउन सक्नेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा किमले उनलाई तीन पटकसम्म भेटेका हुन् तरपनि दुवै पक्षबीच कुनै उल्लेखनीय सम्झौता र सहमति हुन सकेन । अमेरिकाले उत्तर कोरियाको आणविक कार्यक्रम पूर्ण रुपमा बन्द गराउन चाहेको थियो भने उता किमले चाहिँ आफूमाथिको सबै प्रतिबन्ध हटाउन माग गरेका थिए । यस्तोमा नवनिर्वाचित राष्ट्रपति बाइडेनले कोरियाली प्रायद्विपमा कत्तिको महत्वपूर्ण भूमिका खेल्न सक्नेछन् र स्थितिमा सुधार ल्याउलान् ? भन्ने प्रश्न उत्पन्न भएको छ । साथै किमका धम्कीलाई अमेरिकाले कति गम्भीरतापूर्वक लिनेछ भन्नेमा पनि सबैको नजर रहेको छ ।
‘किम जोङ उन एण्ड द बम्ब’ किताबका लेखक अंकित पान्डाका अनुसार यसमा बाइडेन प्रशासनले उत्तर कोरियासम्बन्धी आफ्नो धारणा सकेसम्म चाँडो स्पष्ट पार्दा उचित हुनेछ र आगामी सम्झौता अनि वार्ताका लागि सर्तहरू पनि उल्लेख गरेमा ठीक हुनेछ । किनकि यदि किमले परम्परागत अमेरिकी प्रशासन जसरी नै बाइडेनले पनि पहिले उत्तर कोरियाबाट पूर्ण नि:शस्त्रीकरण खोज्नमा अडिग रहने आभास गरे भने उनले पक्कै पनि हतियार परीक्षणलगायत विभिन्न परमाणु गतिविधिहरू जारी राख्नेछन् जसले अमेरिकासँगै प्योङयोङका छिमेकी अर्थात् अमेरिकी मित्रराष्ट्रमा पनि नराम्रो प्रभाव पार्नेछ ।
यति मात्र नभएर हजारौं मानिसहरूका सामु भाषण दिँदा किमले अमेरिकालाई उत्तर कोरियाको सबैभन्दा ठूलो श’त्रु भनेर पनि बोलाएका हुन् । ट्रम्पसँग हनोइमा भएको दोस्रो ऐतिहासिक सम्मलेनमा दुई देशबीच केही हिसाबमा कुरा मिल्लाजस्तो भए पनि अब किमले अर्कै राष्ट्रपतिसँग सम्पर्क गर्नुपर्ने हुन्छ । यस्तोमा किमले आगामी वार्तामा आफूलाई माथिल्लो तहमा राख्नका लागि अहिलेको आक्रमक रणनीति अपनाइरहेको पनि बताइएको छ । किनकि अब अमेरिकाले उत्तर कोरियासँग छलफल गर्दा यसलाई पहिलेका आ’णविक गतिविधि बन्द गराउनभन्दा पनि यसलाई नयाँ ह’तियारहरू निर्माण गर्नबाट रोक्नका लागि सम्झौता गर्नुपर्ने हुन्छ ।
यसमा मुख्य कुरा नयाँ ह’तियार भन्नासाथै तिनको परीक्षणको कुरा आउँछ जुन अन्य देशका लागि अधिक स’मस्याजनक बन्ने गरेको छ । जस्तै कोरियाली प्रायद्वीपमा २०१७ मा ट्रम्पसँगको भनाभन पश्चात् उत्तर कोरियाले तीनवटा लामो रेन्जको मि’साइल परीक्षण गरेको अझै कसैले भुलेका छैनन् । त्यसैले पनि विशेषगरी दक्षिण कोरिया त्यो फेरि नदोहोरियोस् भनेर हतासको अवस्थामा छ । आफ्नो भाषणमा किमले नयाँ मिसाइलहरू १५ हजार किलोमिटर टाढाको लक्ष्य सम्मलाई प्रहार गर्न सक्ने चर्चा गरेका छन् जसले यसलाई अमेरिका हमला गर्नसमेत सक्षम बनाउँछ ।
किमले आफूले बताएअनुरुपको सबै एजेन्डा पूरा गर्न नसके पनि उनको इच्छाविपरीत काम गर्नुले उनलाई परीक्षणहरू सुरु गराउन र अत्याधुनिक हतियारयुक्त प्रणाली निर्माण गर्न झन् उक्साउनेछ । तर यसमा अर्को प्रश्न के पनि उठाइएको छ भने देश ठूलो आर्थिक सं’कटमा रहेका बेला किमले कसरी आफ्नो बोली पूरा गर्लान् ? त्यसैले अहिलेको ध’म्की अर्थहीन पनि हुन सक्ने विश्वविद्हरू बताउँछन् । जस्तै पाँच वर्षअगाडि उनले जनतालाई समृद्धिको वचन दिएका थिए जुन सपना अहिले चकनाचुर भएको अवस्था छ । यस्तोमा ‘सरी’ अर्थात माफी, क्षमाजस्ता शब्द किमका लागि सामान्य बनिसकेको छ जुन उनका हजुरबुबा र बुबाले सायदै कहिल्यै प्रयोगमा ल्याएका थिए । यसअघि अक्टोबरमा सञ्चालित राष्ट्रिय परेडमा त उनले माफी माग्दै गर्दा आँसुसमेत झारेर सबैलाई आश्चर्यमा पारेका हुन् ।
यता दक्षिण कोरियाले अहिले बाइडेन प्रशासनलाई प्योङयाङसँग कुरा गर्न तयार रहेको स्पष्ट पार्न भनेर लगातार संकेत दिइरहेको छ । राष्ट्रपति मुन जे इनले नयाँ वर्षको सम्बोधनमा फेरि पनि आफू उत्तर कोरियाली नेतासँग जहाँसुकै जुनसुकै बेला भेट्न तयार रहेको बताएका हुन् । तर अर्कोतर्फ किम जोङ उनले चाहिँ दक्षिण कोरियालाई केबल खेलाडी ठहर गर्दै सबै किसिमको सम्पर्क स्थगित गराएका हुन् ।
तर पनि भविष्यमा सबै महत्त्वपूर्ण सम्झौताहरू वासिंटनकै बाटो भएर जानेछन् र अहिलेको नयाँ प्रशासनले प्राथमिकतामा राख्नुपर्ने अरु धेरै कुराहरू भएको हुँदा उत्तर कोरियाले यसमा स्थान पाउन र अमेरिकालाई आफूप्रति केन्द्रित गराउन संघर्ष नै गर्नुपर्ने हुन्छ । तर विश्वविद्हरूको विश्वासमा चाहिँ बाइडेनले समयमै प्रतिक्रिया दिएनन् भने उत्तर कोरियाले वास्तवमै ब्यालेस्टिक मि’साइल परीक्षण गराइ, पूरै अन्तर्राष्ट्रिय समुदायलाई त’नावमा पार्न सक्छ ।