Logo

स्थायित्वका लागि संसद वि’घटन आवश्यक : गृहमन्त्री बादल


गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्थायित्वका लागि संसद वि’घटन आवश्यक रहेको बताउनुभएको छ । मंगलबार ललितपुरमा अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अ’स्थिरता पैदा हुने अवस्था आएकै कारण संसद बि’घटन गरिएको बताउनुभएको हो ।

उहाले अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाउने प्रयास गरेर अ’स्थिरता सिर्जना गर्न खोजिएको आरोप समेत लगाउनुभयो ।

सरकारलाई काम गर्न अ’वरोध गर्न खोजिँदा संसद वि’घटन गर्न बाध्य हुनुपरेको उहाको भनाई छ । आफूहरुले नयाँ नेपाल बनाउन चाहेको बताउँदै बादलले समाजवादी नेपालले मात्र सबैलाई समृद्ध बनाउने उल्लेख गर्नुभयो ।

भिडियो हेर्नुहोस्:

मन्त्री थापाले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउने कदम ठिक थियो कि थिएन भन्ने बहस हुनुपर्नेमा जोड दिनुभयो । थापाले क्रा’न्तिकारी विचार नीति र त्यसको कार्यान्वयन, एकताको पक्ष नै अहिले सही बिचार भएको तर्क गर्नुभयो ।

राजनीति भनेको समाज परिवर्तनको दर्शन भएको र दल भनेको परिवर्तन भएको भन्दै उहाले राजनीतिकै कारणले परिवर्तन हात पारेको जिकिर गर्नुभयो । उहाले गएको तीन वर्षमा ७ प्रतिशतभन्दा बढी आर्थिक बृद्धिदर पु¥याउँदै देश विकास गरिरहँदा अहिले अ’वरोध गरिएको धारणा राख्नुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्