गंगामायाको जिवनरक्षाको माग गर्दै बीर अस्पताल अगाडी मानवअधिकारवादीहरुले शान्तिपूर्ण प्र’दर्शन

आफ्ना छोराका ह’त्यारालाई कार्वाहीको माग राखेर लामो समयदेखि सं’घर्षतरत गोर्खा फुजेलकी गंगामाया अधिकारीको जिवनरक्षाको माग गर्दै मंगलबार काठमाडौंको बीर अस्पताल अगाडी मानवअधिकारवादीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
तीन साता लामो आमरण अ’नशनका कारण अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको भन्दै उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
२०६१ साल जेठको २४ गते आफ्ना मावली हजुरबा हजुरआमा भेट्न चितवन आएका बेला अधिकारीका १६ वर्षीय छोरा कृण्णप्रसाद अधिकारीको हत्या भएको थियो ।गंगामायाको स्वास्थ्य वि’ग्रिएको भन्दैसरकारलाई द’बाब दिन ‘गंगामाया बचाऔ अभियान गर्नुपरेको मानवअधिकारवादी इन्द्र अर्यालले बताउनुभयो ।
आफ्ना छोराका ह’त्याराका साथै पतिलाई अनशनमै म’र्न वि’वश बनाउने राज्यका पदाधिकारीहरुलाई समेत कार्वाहीको माग गर्दै गंगामाया अधिकारी अहिले बाह्रौं पटक आ’मरण अ’नशनमा बसेको पनि २२ दिन भएको छ ।