Logo

खेल क्षेत्रको बिकास र बिस्तारका लागि सरकार प्रतिवद्ध छ : मन्त्री दावा तामाङ


नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलकुदमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छ्याउने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा मंगलबार आयोजित मन्त्री तामाङको स्वागत तथा बधाइ कार्यक्रममा उहाले खेलकुदमा रहेका चुनौतीलाई सरोकारवालहरु संग सहकार्य गर्दै पन्छ्याउने बताउनुभएको हो ।

उहाले खेल क्षेत्रको बिकास र बिस्तारका लागि सरकार प्रतिवद्ध रहेको जानकारी पनि दिनुभयो । त्यस्तै उहाले खेल क्षेत्रमा बिद्यमान समस्याका बारेमा पनि छिटै सरोकारवालासंग छलफल गर्ने जिकिर गर्नुभयो ।

राखेप सदस्य–सचिव रमेश कुमार सिलवालले ऐन अनुसार कर्मचारी समायोजन गर्नु र लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा गर्नु पर्ने आवश्यकता औल्याउदै चालू आर्थिक वर्षमा खेलकुदका लागि विनियोजित बजेट थोरै भएकाले त्यसमा बृद्धिका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

सदस्य–सचिव सिलवालले कोभिड– १९ का कारण नवौं राष्ट्रिय खेलकुद सार्नु परेको बताउदै विस्तारै नेपाली खेलकुदले गति लिन थालेको बताउनुभयो । कार्यक्रमपछि मन्त्री तामाङले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण पनि गर्नुभएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्