नोटमा पृथ्वीनारायण शाहको तस्बिरअंकित गर्नु पर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान र भूमिकाको स्मरण गर्दै श्रद्धासुमन प्रकट गरेकोमा अमेरिकामा बस्ने प्रवासी नेपालीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
मंगलबार प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाद्वारा राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदान विषयक भर्चुअल अन्तरक्रियामा अध्यक्ष थापाले दक्षिण एसिया महाद्वीपमा ब्रिटिस साम्राज्य विस्तार अभियानलाई रोकी बाइसे–चौबीसे राज्यलाई जोडेर विशाल नेपाल निर्माण गर्ने पृथ्वीनारायणको उच्च प्रशंसा गरे ।
पृथ्वीनारायणले भौगोलिक मात्र नभई सामाजिक–सांस्कृतिक एकीकरणको पनि जग हाल्ने महत्वपूर्ण काम गरेको उनको भनाइ थियो । नेपालको धार्मिक–सांस्कृतिक पहिचान सं’कटमा पर्दै गएको भन्दै उनले जो जहाँ बसे पनि राष्ट्र निर्माणमा योगदान गर्नुपर्ने आवश्यकता औंल्याए ।
राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रले सार्वजनिक बिदा दिनुपर्ने, नोटमा पृथ्वीनारायण शाहको तस्बिरअंकित गर्नुपर्ने थापाको माग छ ।