Logo

नेपाली स्याटेलाइट परियोजनामा इच्छुक ९ कम्पनीहरु


नेपाल सरकारले बनाउने भनेको स्याटेलाइटको स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि परामर्श दिन ९ कम्पनी इच्छुक देखिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले आव्हान गरेको ग्लोबल टेन्डरमा सहभागी कम्पनीमध्ये ९ लाई योग्यतम ठहर गरेको छ।

अमेरिका, बेलायत, फ्रान्स, भारत र चीनका कम्पनीहरु यसमा इच्छुक देखिएका हुन्।

प्राधिकरणले दिएको जानकारीअनुसार बेइजिङ स्पेशकी टेक्नोलोजी–चीन, युरो कन्सल्ट फ्रान्स,लन्डन इकनोमिक्स लिमिटेड युके, स्पाइ टिम र बिजनेसकम सिजी युके, केपिएमजी भारत,स्पेस पार्टनरसीप इन्टरनेशनल अमेरिका, एसथ्री स्याटेलाइट दुबइ,सेलिस्टेयल कन्सल्टिङ  सिंगापुर र स्पेस टेक्स पार्टनर जर्मनी रहेका छन्।

प्राधिकरणले यसअघि सुरु गरेको प्रक्रिया र’द्ध गरेर फेरि उही प्रक्रियाबाट परामर्शदाता नियुक्ती थालेकाे छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्