Logo

आकारमा सानो ठूलो हुन सक्ला तर राष्ट्रका रुपमा नेपाल–भारतको हैसियत समान देशको हो


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत समान हैसियतको देश भएको भन्दै ‘वडा र छोटा’ भाइको नाताको रुपमा व्याख्या नगर्न आग्रह गरेका छन् । एक भारतीय टेलिजिनलाई दिएको अन्तरवार्ताका क्रममा ओलीले दुवै मुलुक सार्वभौम रहेको बताएका छन् ।

ओलीले भनेका छन्, “भुगोल र जनसंख्यामा ठूलो र सानो हुनसक्छ । तर, हामी सदैव सार्वभौम समानताको कुरा गर्छौ । अर्थात हामी साना ठूला होइनौं । आकारमा सानो ठूलो हुन सक्ला । तर, राष्ट्रका रुपमा सानो ठूलो हुन सक्दैन ।” प्रधानमन्त्री ओलीले वर्तमान समय औपनिवेशिक युग नभएको बताउँदै स्वाधिनता र पारस्परिक सम्मानको युगसमेत बताए ।

दुवै देशले एकअर्काको सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले भने, “हामी चाहन्छौं हामी दुई सार्वभौमसत्ता सम्पन्न देश, दुई छिमेकी देश, जो एक क्षेत्रमा रहन्छन् । हाम्रो सम्बन्धलाई त्यही अनुरुप बुझ्नपर्यो । यो पुरानो जमाना होइन । यो औपेनिवेशिक युग होइन ।”

अन्तरवार्ताका क्रममा ओलीले नेपालले चीन र भारत दुवैलाई समान दृष्टिबाट हेरिरहेको बताएका थिए । उनले चीन र भारतबीच रहेको दूरी हटाउन नेपालले मध्यस्थकर्ताको भूमिका निभाउन सक्ने र त्यसका लागि तयार रहेको पनि बताएका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्