Logo

प्रज्ञा प्रतिष्ठान डबलीमा संसद वि’घटनको वि’रोधमा आज ‘नागरिक सभा’


संसद वि’घटनविरूद्ध नागरिक अगुवाहरूले प्रज्ञा प्रतिष्ठान डबलीमा मंगलबार वि’रोध सभा गर्ने भएका छन्। प्रधानमन्त्री केपी ओलीले संसद वि’घटन गरेपछि त्यसको वि’रोधमा सुरू भएको वृहत् नागरिक आ’न्दोलनले ‘नागरिक सभा’ गर्न लागेको हो।

मंगलबार दिउँसो २ बजे आयोजना हुने ‘नागरिक सभा’मा नागरिक अगुवाहरूले सम्बोधन गर्ने आ’न्दोलनका संयोजक युग पाठकले बताए।

सभामा नागरिक अगुवा कृष्ण पहाडी, बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सडक विस्तार वि’रोधी अभियन्ता विद्या श्रेष्ठ, डा. मुक्तसिंह तामाङ, सिएन थारू र अपां’गता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठलाई वक्ता राखिएको छ।

संसद विघटनपछि विभिन्न तह-तप्काका अभियन्ताहरूले ५४ सदस्यीय नागरिक आ’न्दोलन गठन गरेका थिए। २०६२/६३ को जनआ’न्दोलनताका पेशागत संघ-संगठन शाही कदमको वि’रोध गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आ’न्दोलनमा निस्केका थिए।

यसपटक प्रधानमन्त्री ओलीले सोही राजा ज्ञानेन्द्रकै शैलीमा प्रतिनिधि सभा विघटन गरी ‘प्रतिगमन’तर्फ मुलुकलाई अग्रसर गराएको अगुवाहरूको बुझाइ छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्