Logo

लोकतन्त्रलाइ बलियो बनाउन राजतन्त्र र हिन्दुराष्ट्र अपरिहार्य छ यसका लागि ल’डिरहने छौ : पशुपति शम्शेर राणा


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पशुपति शम्शेर राणाले पृथ्वी जयन्ती मनाउने क्रममा प्रहरीले द’मन गरेर स्वतन्त्र प्रजातान्त्रिक हकलाइ उ’लंघन गरेको आरोप लगाउनुभएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा राप्रपाले काठमाडौंमा गरेको चियापानमा राणाले पृथ्वी जयन्ती शान्तिपूर्ण उत्सवका रुपमा मनाउन खोज्दा सिंहदरबार अगाडी भएको द’मन लोकतन्त्रीक पद्धतीका विरु’द्ध भएको बताउनुभयो ।

उहाले मुलुकको अखण्डता र सार्वभौमसत्ताका लागि आफुहरुले एकता दिवस मनाउन खोजेको उल्लेख गर्नुभयो । लोकतन्त्रलाइ बलियो बनाउन राजतन्त्र सहितको हिन्दुराष्ट्र अपरिहार्य रहेको भन्दै उहाले यसका लागि लडिरहने बताउनुभयो ।

सोमबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता मनाउने क्रममा निषेधित क्षेत्र तो’डेको भन्दै प्रहरीले सिंहदरबार अगाडि राप्रपाको जुलुसमा ह’स्तक्षेप गरेको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्