ओलीको नी’ति हिन्दुवा’दी, फा’शिष्ट र सर्वस’त्तावा’दी छ : डा. भट्टराई

जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ओलीको नीति हिन्दुवादी, फा’शिष्ट र सर्वसत्तावा’दी भएको आरोप लगाउनुभएको छ ।
संविधानभा सदस्य मञ्चद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले ओलीको कदमलाई प्रतिगमनतिरको यात्रा भएको आरोप समेत लगाउनुभयो ।
ओली पहिलो संविधानसभाको चुनावमा बडारिएको भन्दै प्रतिशोधपूर्ण व्यवहार देखाइरहेको उहाले बताउनुभयो ।
त्यस्तै भट्टराईले अदातलले पुनःस्थापित गराउने आधार देखेको भन्दै अदालतबाट प्रतिनिधि सभा पुनःस्थापित भएन भने पनि जनप्रतिनिधि सभा म’र्न नसकने तर्क गर्नुभयो । उहाले संविधानलाई जोगाएर मात्रै अघि बढ्नुपर्ने संविधान गु’मे लाखौ जनताको सपना चकनाचु’र हुने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले ओलीले संसद्को विघटन नभई संविधानको विघटन भएको बताउनुभयो । उहाले संसद बिघटनको मुद्दा पूर्ण बृहत् इजलासबाट हेर्नुपर्छ भनेर माग गरिरहेको जानकारी पनि दिनुभयो ।