Logo

गीतकार संघ नेपालमा शुभ मुकारुङ अध्यक्ष भए


काठमाडौं । गीतकार संघ नेपालले नयाँ नेतृत्त्व चयन गरेको छ । संघको पाँचौं महाधिवेशनले शुभ मुकारुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

‘गीतकार संघ नेपाल’को एघारौं साधारणसभा तथा पाँचौं महाधिवेशन केहि दिन अघी सम्पन्न भएको थियो ।  संघको पाँचौं महाधिवेशनबाट उनी अध्यक्ष चुनिएका हुन् ।

महाधिवेशनले उनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा वसन्त बित्यासी थापा, महा–सचिवमा रमेश कोइराला, सचिवमा महेश आचार्य र कोषाध्यक्षमा जीतबहादुर घले निर्वाचित भएको सदस्य उमेश राईले जानकारी दिए ।

त्यस्तै सदस्यमा उमेश राई, लोकराज अधिकारी, सुमी सिंह, चेतन खतिवडा, प्रतिमा श्रेष्ठ र शितल कादम्बिनी निर्वाचित भएका छन् ।

करिब एक दशक अघी नेपाली गीतकारहरूका हक अधिकार स्थापना गर्ने उद्देश्यले गीतकार संघ नेपाल गठन भएको थियो । तत्कालका लागि डा. कृष्णहरि बराल अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो । समितिको उपाध्यक्षहरूमा विजय शिवाकोटी र योगेन्द्रमणि दाहाल, महासचिव सञ्जय बराल, सचिव विपिन पौडेल ‘किरण’ तथा कोषाध्यक्षमा उत्तम भौकाजी थियो। राधाकृष्ण भट्टराई, एकनारायण भण्डारी, ललिता कुँवर, राजकुमार बगर र कुमार उप्रेती सदस्य रहेका थियो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्