Logo

ओलीले कसैको सम्मान गर्न जान्दैन ,लोकतन्त्रको मूल्यमान्यतामाथि ओलीले आ’घा’त पुरायो : नेपाल


नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले लोकतन्त्रको मूल्यमान्यतामाथि प्रधानमन्त्री ओलीले आ’घात पुराएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभा बि’घटनको विरुद्धमा नागरिक संगठनहरुले सोमबार काठमाडौंमा गरेको नागरिक भेलामा उहाले संविधानलाई मिच्दै संसद बि’घटन गरेर ओलीले लोकतन्त्रको मूल्यमान्यतामाथि आ’घात पुराएको आरोप लगाउनुभएको हो ।

पौष ५ गते प्रधानमन्त्रीले चालेको कदम संविधानको मर्म विपरित भएकै कारण सं’घर्ष गर्नुपरेको उहाले बताउनुभयो । त्यस्तै उहाले पदमा रहदा पदिय दायित्व पुरा नगरेका कारण अध्यक्ष केपी ओलीलाई कारवाही गरिएको जिकिर गर्नुभयो । समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट ओली विचलित भएको उहाले आरोप लगाउनुभयो ।

अध्यक्ष नेपालले निर्वाचन आयोग कुनै व्यक्तिको लहडमा नचल्ने चन्दै ४४१ जनाको केन्द्रीय कमिटी र पार्टीको विधानअनुसार निर्णय गर्ने दावी गर्नुभयो । उहाले ओलीले कसैको सम्मान गर्न नजानेको भन्दै अर्काको अपमानमै रमाइरहेको टिप्पणी गर्नुभयो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्