Logo

निर्वाचनसम्बन्धी सवै कार्यक्रमलाई रो’क्न निर्वाचन आयोगको ध्यानाकर्षण


नेकपा प्रचण्ड–नेपाल पक्षले निर्वाचनसम्बन्धी सवै कार्यक्रमलाई रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
सोमबार सो पक्षका शिर्ष नेताहरु आयोग पुगि संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले तत्काल निर्वाचन सम्बन्धी गतिविधि रोक्न आयोगको ध्यानाकर्षण गराएको हो ।

अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले निर्वाचन सम्बन्धी गतिविधि गर्दा मुद्दा प्रभावित हुने भन्दै आफूहरुले त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको नेता लिलामणि पोखरेलले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने, स्थायी मतदान केन्द्रमा तयारी गर्ने लगाएतका काम गरिरहेको भन्दै आफुहले सवै प्रकारका निर्वाचन केन्द्रीत कार्य रोक्न ध्यानाकर्षण गराएको उहाले बताउनुभयो ।

सरकारले निर्वाचनको मिति तय गरेपछि आयोगले मतदाता नामावली अध्यावधिक गर्ने तथा स्थायी प्रकृतिका मतदान केन्द्रहरुबारे काम गरिरहेको छ । यसले मुद्दा प्रभावित हुने भएकाले आफूहरुले रोक्न आग्रह गरेको र निर्वाचन आयोगले पनि तत्काल ती काम रोक्ने आश्वाशन दिएको नेता पोखरेलले जानकारी दिनुभयो ।

यस्तै सो पक्षले नेकपा सम्बन्धी आयोगका रहेका सम्पूर्ण कागजातको प्रतिलिपि पनि माग गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी नयाँ चुनावको मिति घोषणा गर्नुभएको थियो ।

सरकारले आगामी वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा चुनाव गर्ने बताएको छ । तर प्रतिनिधिसभा विघ’टनविरुद्ध परेको मु’द्दा सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्