पृथ्वी जयन्तीको दिन नै राजावा’दीमाथि प्र’हरी ध’रपक’ड

आज २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। पृथ्वी जयन्तीको अवसरमा विविध कार्यक्रम गरी मनाइँदैछ। यसैक्रममा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको आह्वानमा काठमाडौंमा र्याली निकालिएको छ।
सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पणको लागि सहभागीहरू त्यहाँ पुगेका छन्। जसले गर्दा त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ। उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।
प्रहरीले उक्त क्षेत्रमा जान रोक्न खोजे पनि सहभागीहरू अघि बढेका छन्। र्यालीमा प्रहरीले ध’रप’कड गरेको छ। र्यालीमा सहभागीले प्रहरीविरू’द्ध ना’राबाजी गरेका छन्।
सहभागीहरूले अखण्ड नेपाल जिन्दावाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राष्ट्रिय एकता जिन्दावाद, पृथ्वी नारायण शाह अमर रहून् लगायत नारा लगाइरहेका छन्।