Logo

ओलीले किन गर्दै छन् पूर्वल’डा’कुको खोजी ?


तत्कालीन नेकपा एमाले र माओवादी पार्टीबीच एकता हुनुअघि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली माओवादीका ‘कट्टर’ वि’रोधी थिए । पार्टी एकतापछि ओली माओवादीप्रति मौन रहे । संसद विघटनपछि ओली र प्रचण्ड-नेपाल समूह छुट्टिएका छन् । उनीहरुकै भनाइलाई आधार मान्ने हो भने पार्टी विभाजनको औपचारिक घोषणा मात्रै बाँकी छ ।

पूर्वमाओवादी नेताहरु आफ्नो नेतृत्वको भएको १० वर्षे सशस्त्र संघ’र्षलाई ‘महान् जनयु’द्ध’ भन्दै आएका छन् भने प्रधानमन्त्री ओली जनयु’द्धप्रति कटाक्ष गर्दै आएका छन् । जे होस् संसद् वि’घटनपछि पूर्वमाओवादी र पूर्वएमाले विभाजित नभई दुवै पक्षका नेताहरु एक-अर्को समूहमा छन् । माओवादी आ’न्दोलनलाई सधै तिखो व्यङ्ग्य गर्दै आएका प्रधानमन्त्री केपी ओली पछिल्लो समय भने पूर्व माओवादी ल’डाकुको साथ खोजिरहेका छन् ।

यसका लागि उनी यु’द्धकालीन माओवादी कमान्डरसमेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’मार्फत अगाडि बढेको देखिन्छ । पूर्वमाओवादी ल’डाकुलाई आफ्नो पक्षमा ल्याउन सकिए निर्वाचनमा त्यसले अर्थ राख्ने ओली समूहको बुझाइ छ ।

पूर्वलडा’कुले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना स’मस्या समाधान नगरेको र आफ्ना पी’डाको बेवास्ता गरेको आरोप लगाउँदै आएका छन् । यसैको फाइदा ओलीले उठाउन खोजेको ओली समूहका नेता-कार्यकर्ता बताउँछन् । पूर्वजनमुक्ति सेनालाई आफूहरुसँग ल्याउन सकिने पूर्वमाओवादीको समर्थन आफूले पाउनसक्ने ओली समूहको बुझाइ छ । ओलीसँग पूर्वमाओवादी नेताहरु गृहमन्त्री थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहलगायत छन् ।

पछिल्ला केही कार्यक्रममा ओलीले जनयु’द्धलाई कटाक्ष गर्दै आएपनि यु’द्धकालीन माओवादी नेता-कार्यकर्ताप्रति भने सद्‌भाव देखाउन थालेका छन् । केही दिनअघि कोटेश्वरमा भएको एक कार्यक्रममा ओलीले प्रचण्डलाई प्रश्न गर्दै भनेका थिए, “युवाहरूलाई भड्काएर आ’न्दोलनमा लगाउने । उनीहरुको घा’इते अ’पाङ भएका छन् । अं’गभं’ग छन् । त्यस्तो पी’डा के थाहा उहाँलाई ?”

यसले ओली पूर्वमाओवादी नेता-कार्यकर्ताप्रति नरम र प्रचण्डप्रति गरम हुने संकेत पनि गरेको छ । निर्वाचन होस् या अन्य पार्टी कार्यमा पूर्वलडाकुलाई प्रयोग गर्न सकिने ओली पक्षको बुझाइ छ ।

विभाजित छन् पूर्वलडा’कु

अहिले पूर्वजनमुक्ति सेनाका दुई संगठन छन् । पूर्वजनमुक्ति सेना नेपालको नेतृत्वमा अध्यक्ष वीरु तामाङ ‘सुदीप’ र महासचिव देवी पराजुली छन् । उनीहरु गृहमन्त्री थापानिकट छन् । यस्तोमा उनीहरुको समर्थन ओली समूहलाई देखिन्छ ।  अर्को समूह बर्हिगमित जनमुक्ति सेनाको नेतृत्व लेनिन विष्टले गरिरहेका छन् । उनको समर्थन प्रचण्ड-नेपाल समूहलाई छ

पूर्वलडा’कुलाई आफ्नो पक्षमा पार्न गृहमन्त्री थापाले पूर्वमाओवादी सेनाका कमान्डर कालीबहादुर खामलाई परिचालन गरिएको बताइन्छ । यद्यपि यसको औपचारिक पुष्टि भने कतैबाट भएको छैन । पूर्वडिभिजन कमान्डरसमेत रहेका खाम चितवनको शक्तिखोरस्थित लडाकु शिविरमा कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि ह’त्या आरोपमा फरा अभियुक्त हुन् ।

तर तामाङ गृहमन्त्री थापाको स्वकीय सचिवालयमै छन् । आफूहरुकै योगदानबाट मुलुकमा संविधान बनेको र गणतन्त्र आएको उनको बुझाइ छ । आफूहरुको समूहमा देशभर सात हजार पूर्वलडा’कु आबद्ध भएको उनको दाबी छ । उनले आफूहरु राजनीतिक रुपमा नभई पूर्वजनसेनाका रुपमा एकताबद्ध भएको बताउँछन् ।

तर दुईपटक प्रधानमन्त्री हुँदा पनि तत्कालीन माओवादी यु’द्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डले पूर्वलडा’कुका स’मस्या समाधानमा कुनै चासो नदिएको तामाङ बताउँछन् । उनले आफूहरुको मर्म र माग सम्बोधन गर्नेलाई समर्थन गर्ने स्पष्ट पारे ।

गृहमन्त्री थापाकै पहलमा घा’इतेको व्यवस्थापन, नि:शुल्क उपचार भएको र अनमिनको प्रमाणीकरणको समयमा अयोग्य भनेर लगाइएको ‘ट्याग’ हटाउन गृहमन्त्री सकारात्मक रहेको तामाङको बुझाइ छ । गृहमन्त्रीसँग आफूहरुका स’मस्याबारे छलफल हुँदै आए पनि प्रधानमन्त्रीसँग भने छलफल नभएको उनले बताए ।

प्रचण्डनिकट मानिने बर्हिगमित जनमुक्ति सेनाका अध्यक्ष लेनिन विष्ट आफूहरु माओवादी आन्दोलनको मूल धारसँगै रहेको बताउँछन् । उनले भने, “हामी इतिहास बिर्संदैनौं । हाम्रा असहमतिहरु पार्टीभित्रै राख्छौं ।” उनले देशभर रहेका पूर्वलडा’कुलाई आफ्ना सं’घर्ष र इतिहास सम्झिएर अगाडि बढ्न आग्रह गरे ।  जनमुक्ति सेनाका पूर्वलडा’कुहरु नेत्रविक्रम चन्द ‘वि’प्लव’ र मोहन वैद्य ‘किरण’सँग पनि आबद्ध छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्