Logo

संसद विघटनका वि’रुद्धमा बोल्नेहरुलाई प्रधानमन्त्री ओलीले ध’म्क्याएको : नारायणकाजी श्रेष्ठ


नेकपाको प्रचण्ड–नेपाल पक्षले संसद वि’घटनका विरुद्धमा बोल्नेहरुलाई प्रधानमन्त्री ओलीले धम्क्याएको भन्दै भत्र्सना गरेको छ । पेरिसिडाडामा आइतबार बसेको सो समूहको सचिवालय बैठकले ४ जना पूर्व प्रधानन्यायाधीशहरूले संसद वि’घटनका विषयमा प्रतिक्रिया दिएपछि ओलीले ध’म्की दिएको भन्दै उक्त कार्यको प्र’तिवाद गर्दै कडा शब्दमा भ’त्र्सना गरेको सो प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

वैयक्तित स्वतन्त्रता र संवैधानिक अधिकारको ह’नन भएको भन्दै त्यसको रक्षाका लागि बैठकले अपील गरेका उहाले जानकारी दिनुभयो । बैठकले सबै नागरिक समाज, पार्टी, सबै सचेत र प्रबुद्ध व्यक्तिलाई यसप्रकारको हमलालाई एकजुट भएर परास्त गर्ने आह्वान गर्ने निर्णय गरेको उहाले बताउनुभयो ।

बैठकले ओलीले सरकारी सञ्चारमाध्यमको दु’रुपयोग गरेको भन्दै तत्काल त्यो कार्य रोक्न मागसमेत गरेको उहाले बताउनुभयो । बैठकले संघर्षको कार्यक्रमलाई शसक्त बनाउने निर्णय गरेको उहाले बताउनुभयो ।

श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको बताउनुभयो । प्रचण्डको भारत भ्रमणको कुरा नितान्त आफ्नो परिवारलाई स्वास्थ्य उपचार गराउने सिलसिलामा भएको उहाले बताउनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्