Logo

पृथ्वीनारायणको यो’गदानलाई हरेक नेपालीले सदासर्वदा सम्झिरहने छ : मन्त्री भानुभक्त ढकाल


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले राष्ट्रनिर्माता, एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह आम नेपालीले गर्व गर्न लायक अभिभावक भएको बताउनुभएको छ ।

पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ का अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘पृथ्वीनारायण शाह र नेपालको एकीकरण’ विषयक विचार–गोष्ठीमा मन्त्री ढकालले पृथ्वीनारायणको योगदानलाई हरेक नेपालीले सदासर्वदा सम्झिरहने उल्लेख गर्नुभयो ।

मन्त्री ढकालले राष्ट्रलाई चिरस्थायी बनाउन पृथ्वीनारायणको प्रेरणालाई आम जनमानसमा उजागर गरिनुपर्ने पनि खाँचो औँल्याउनुभयो । पर्यटन मन्त्री ढकालले पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएका पुरातात्विक सम्पदा र स्थललाई जोडेर सांस्कृतिक र धार्मिक क्षेत्रको संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले एक विकास समिति गठन गरी प्रवद्र्धन गरिने जानकारी दिनुभयो ।

मन्त्री ढकालले युगान्तकारी राजतन्त्रको सहमतिका साथ अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर नयाँ संविधान बनेको सन्दर्भमा संविधानमा हिन्दू धर्ममाथि चित्त दुखाइए पनि धर्मप्रति कुनै अन्योल र द्विविधा नरहेको उल्लेख गर्नुभयो ।

यसैबीच एकता दिवसको अवसरमा प्रतिष्ठानले साताव्यापी पुस्तक प्रदर्शनी आयोजना गरेको छ । कमलादीस्थित प्रज्ञाभवनको भानुभक्त कक्षमा आयोजित प्रदर्शनीको प्रतिष्ठानका कुलपति उप्रेतीले उद्घाटन गर्नुभएको थियो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्