Logo

नि’रंकु’श चरित्र प्र’दर्शन गर्न रोक्नूस नेकपाको चेतावनी


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चरित्र अधिनायकवादी  र नि’रंकुश कदम ठहर गर्दै त्यस प्रकारको कार्य तत्काल रोक्न चेतावनी दिएको छ ।

पेरिसडाँडमा बसेको बैठकले यस्तो चेतावनी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता प्रदर्शन गर्नुभएको चरित्रलाई अ’धिनायकवादी र नि’रंकुश चरित्रको रुपमा लिँदै त्यस प्रकारको कार्य रोक्न निर्देशन दिएको छ,’’ बैठकको निर्णय सुनाउँदै श्रेष्ठले भने ।

चारजना पूर्वन्यायाधीशहरुले जारी गरेको वक्तव्यप्रति ओ’लीले अपमान र ध’म्क्याउने काम गरेको भन्दै भ’र्त्सना गरेको पनि श्रेष्ठले बताए । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले सरकारी सञ्चारमाध्यम गुटको पर्चाजस्तो बनिरहेको  भन्दै भर्त्सना गरेको छ । गुटको काम बन्द गर्न माग पनि गरेको प्रवक्ता श्रेष्ठले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्