‘यसमा चढेर अमेरिका पुग्न सकिन्छ’ भन्दै विराटनगरमा बलयगाडा जु’लुस

प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा आइतबार विराटनगरमा बयलगाडा जु’लुस निकालिएको छ ।अनेरास्ववियू मोरङको आयोजनामा रोडशेष चोकबाट निकालिएको जु’लुस ट्राफिक चोकमा पुगेर वि’रोधसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै तत्कालीन संविधानसभा सदस्य मीना यादवले ओलीको कदमले संविधान नै सं’कटमा परेको बताइन् । उनले भनिन्, “हामीले संविधान बनाउँदा प्रधानमन्त्रीले प्रतिनिधिसभा वि’घटन गर्न नसक्ने प्रावधान राखेका थियौँ । तर, उहाँले कुन धारालाई प्रयोग गरी वि’घटन गर्नुभयो बुझ्न सकिएको छैन ।” यादवले ओलीको कदम प्रतिगामी भएको जिकिर गरिन् ।
अधिवक्ता पुरुषोत्तम नेपालले ओलीको कदम गैरसंवैधानिक भएको चर्चा गर्दै भने, “संविधानले नै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा वि’घटन हुनु आश्चर्यलाग्दो भएको छ ।” उनले प्रतिनिधिसभा हठातरुपमा वि’घटन गर्दा त्यसले राजनीतिक अस्थिरता निम्तने खतरा झन् बढेको बताए ।
बयलगाडा जुलुसमा सहभागी विद्यार्थीले ‘‘यसमा चढेर अमेरिका पुग्न सकिन्छ’’ भन्दै ना’राबाजी गरेका थिए । सहभागीले ओलीको तस्बिरसहित ‘मेरो प्यारो बयलगाडा’अंकित ब्यानर प्रदर्शन गरेका थिए ।